वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

आशाको बर्दियामा एकै पटक ३ वटा शाखा कार्यालय स्थापना

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४     ::: 1004 पटक पढिएको   |  


ठाकुरबाबा, बर्दिया । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले बर्दियामा एकै पटक आफ्नो ३ वटा शाखा कार्यालयहरुको स्थापना गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा मैनापोखर, गुलरिया, राजापुर रहेको छ । सो कार्यक्रमहरुमा बंैक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।

यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पु¥याउने छ । देशमा रहेको गरिबीलाई लघुवित्तीय सेवाको माध्यमबाट आयबृद्धिमुलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउनुका साथै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नको लागी यो संस्थाले बर्दियामा एकै चोटि ३ वटा शाखा कार्यालयहरु स्थापना गरेको जानकारी संस्थाका विभागिय प्रमुख जीवन खनालले दिनु भयो । संस्थाको हाल सानोश्री तारातालमा १ वटा शाखा कार्यालय संचालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: