वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

एक दिने स्वास्थ्य बिमा कार्यक्रम सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, जेष्ठ १३, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
ठाकुरबाबा नगरपालिका–१, भुरिगाँउमा एक दिने स्वास्थ्य बिमा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

बर्दियाका सबै नगरपालिका तथा गाउँपालिकामा स्वास्थ्य सेवाका क्षेत्रमा पुर्व भुक्तानी र जोखिम न्युनिकरणको ब्यबस्था गरेर सर्बसाधारणका लागि थप बितिय संरक्षण प्रदान गर्ने, बित्तिय साधनको समतामुलक परिचालन गर्ने र स्वास्थ्य सेवा प्रबाहका क्रममा सेवाको गुणस्तर, प्रभाबकारीता दक्षता र जबाफदेहितामा सुधार ल्याउने र स्वास्थ्य बिमा लागु गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको नेउलापुर स्वास्थ्य चौकिका इन्र्चाज इन्द्र बहादुर राजबंशीले बर्दिया अनलाईन संगको कुराकानीमा बताउनुभयो ।
कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य स्वयमसेविका, हेल्थपोष्ट ब्यबस्थापन समितिका पदाधिकारीहरु, नगरपालिकाका प्रतिनिधि र सरोकारवालाहरुको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: