वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बर्दिया जिल्ला शिक्षा कार्यालयले छनौट गर्‍यो होनहार प्रतिभा (नामावली सहित)

        बअ सम्बाददाता   |   प्रकाशित मितिः बिहिबार, जेष्ठ ४, २०७४     ::: 1556 पटक पढिएको   |  

गुलरिया, बर्दिया।
जिल्ला शिक्षा कार्यालय बर्दियाले जिल्लाका बिभिन्न स्कुलहरुबाट बिभिन्न विधाका प्रतिभावान विद्यार्थीहरुको छनौट गरेको छ ।
जिल्ला शिक्षा कार्यालय बर्दियाको आयोजनामा सन्चालित जिल्ला स्तरिय प्रतिभा पहिचान कार्यक्रम २०७४ मा छनौट भएका विद्यार्थीहरु मध्यबाट प्रथम स्थान हासिल गर्नेहरुलाई क्षेत्रिय स्तरको प्रतिभा पहिचान कार्यक्रममा पठाउने बताएको छ ।
कार्यालयले सन्चालन गरेको उक्त प्रतिभा पहिचान कार्यक्रममा निबन्ध लेखन, चित्रकला, नृत्यकला प्रतियोगिता आयोजना गरेको थियो । सो कार्यक्रममा पुरस्कृतहरु विद्यार्थी र विद्यालयको नामावली यस्तो छ :

निबन्ध लेखन तर्फ:
प्रथम : मिथुन बस्याल , श्री शुक्र मा वि ताराताल
द्वितिय : हेमन्त अाले , श्री त्रिभुवन मा वि ककाैरा
तृतीय : दर्पण रेग्मी , श्री बर्दिया एकेडेमी कालिका
सान्त्वना : भगवती बस्नेत , श्री गाेल्डेन फ्युचर स्कुल वासगढी

चित्रकला तर्फ:
प्रथम : कविन थारु , श्री किसान मा वि फच्कहवा
द्वितिय : विना चाैधरी, श्री अंशुवर्मा मा वि मगरागाडी
द्वितिय : मनिष श्रेष्ठ , श्री शुभकामना एकेडेमी कालिका
तृतीय : कविता के सी , श्री ने रा‍ गणाेश मा वि मनाउ
सान्त्वना : अपेक्षा चाैधरी, श्री सनराइज स्कूल गुलरिया

नृत्यकला तर्फ:
प्रथम : सम्झना सुनार, श्री वगलामुखी रा था मा वि गुलरिया
द्वितिय : निकिता बम , श्री कर्णाली सेकेन्डरी स्कूल भुरीगाउ
तृतीय : गंगा सुनार, श्री शारदा मा वि मैनापाेखर
सान्त्वना : समृद्धि शर्मा , श्री प्याट्रियट स्कूल मगरागाडी ।

जिल्ला शिक्षा अधिकारी दमनसिंह चौधरीको सभापतित्वमा सम्पन्न उक्त प्रतिभा पहिचान कार्यक्रममा बर्दियाका दश श्रोत केन्द्रहरुका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय गुलरियामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्