वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

कोरिया पठाईदिन्छु भन्दै ५१ लाख ठगि गर्ने पक्राउ

        भगतराम थारु   |   प्रकाशित मितिः बुधबार, जेष्ठ ३, २०७४     ::: 572 पटक पढिएको   |  

नेपालगन्ज, बाँके।  विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीका लागि कोरिया पठाईदिने भन्दै ठगि गर्ने एकजनालाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरेको छ ।

धनुषा नगरपालिका ६ का ४० बर्षिय धनपति महतोलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
महतोले सोलुखुम्बु तिङ्ला ९ का फुवा शेर्पा सहित ६ जनालाई कोरिया पठाईदिने भन्दै ५१ हजार रुपिया लिई ठगि गरेको भन्दै निवेदन परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । महतोले कोरिया पठाईदिने भन्दै एक व्यक्तिबाट चारलाख देखि १२ लाख रुपिया सम्म रकम लिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
कोरिया पठाउन रकम लिएपनि अधिकाँशलाई नपठाउने र पठाएकालाई पनि भारतको नयाँ दिल्ली सम्म लैजाने र त्यहाँबाट भिजिट भिसामा जर्जिया, दक्षिण कोरिया, रसिया र टर्की पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
धनपति महतोले नेपालको धनुषा मिथिला नगरपालिका ६ बाट धनपति महतोको नाम बाट नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् ।
प्रहरीका अनुसार उनले भारतको दिल्ली घर नम्बर ७४८ बि, शाही नगर मिठापुर बदलपुरबाट कुमार सिन्हाको नामबाट राशन कार्ड समेत लिएको अनुन्धान बाट खुल्न आएको छ ।
युवालाई बैदेशिक रोजगारीमा लैजाने भन्दै ठगि गर्ने महतोले आफुलाई बिश्व स्वास्थ्य संगठनको चिकित्सक यूएनको कर्मचारीको रुपमा चिनाई सर्वसाधारणहरुलाई ठगी गर्ने गरेको अनुसन्धान बाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्