वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

विरेन्द्रनगरको १ नम्बर वडाध्यक्षमा एमालेका गंगाराम बिजयी

        भावुक योगी   |   प्रकाशित मितिः मङ्लबार, जेष्ठ २, २०७४     ::: 446 पटक पढिएको   |  

सुर्खेत | विरेन्द्रनगर १ को वडा अध्यक्षमा दलित महिला बाहेक नेकपा एमालेका गंगाराम सुनारको प्यानल बिजयी भएको छ । सुनारले ११२६ मत ल्याई बिजयी हुनु भएको हाेे । 

उहाँका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नवल गिरीले १००७ मत र माओबादी केेन्द्रका खडक बस्यालले ६१४ मत ल्याउनुुभयो ।

 नेपाली कांग्रेसका दलित महिला सदस्यले १०५१ मत ल्याई विजयी हुनुभयो । प्रतिद्धन्द्धी एमालेका दलित महिला सदस्यले १०२८ मत ल्याउनुभयो ।

विरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १ को ३ हजार ९ मत गणना गर्दा झण्डै १ सय ७ मत बदर भएको पाईएको छ ।

प्रदेश नम्बर ६ को सुर्खेत जिल्लामा पहिलो चरणको स्थानिय तह चुनावको मतगणनाको मतपरिणामा आउने क्रम जारी रहेको छ । मतगणना भएका अधिकांश ठाउँमा ठुला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र बिच नै प्रतिस्पर्धा रहेको छ ।

५० हजार बढि मतदाता रहेको वीरेन्द्रनगरमा ३८ हजारको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ । साेमवार दिउस २ बजेबाट सुरु भएको वडा नम्बर एकको मतगणना भरखरै मात्र सकिएको छ ।

सुर्खेतको बीरेन्द्रनगरको मेयरका उम्मेदवार नेपाली कांग्रेसका देवकुमार सुवेदीले ९९० मत, एमालेेका बालाराम शर्माले ११०२ मत र माओवादी केन्द्रका रत्न गाहाले ६७१ मत पाउनु भएको छ ।
उपमेयरमा नेपाली कांग्रेसका जानकी सिंहले १०२७ मत, एमालेका मोहनमाया ढकालले ११०२ मत र माओवादी केन्द्रका हरिमाया शर्माले ६७१ मत पाउनु भएको छ |

प्रतिक्रिया दिनुहोस्