वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

मूर्ति सहित भारतमा चार नेपाली पक्राउ, एकको मृत्यु

          |   प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७२ ।    
भावुक योगी,  साउन ८ 
नेपाल भारत सीमावर्ती क्षेत्रको बर्दिया नजिक पर्ने भारतको बहराईच जिल्ला बलेगाँउ फचकौवामा ढुङ्गाका दुई मुर्ति सहित चार जना नेपाली पक्राउ परेका छन । अर्का एक जनाको ज्यान गएको छ । 
कालीकोट चिलखाय गाविसका २७ वर्षीय खडक बहादुर शाहीको ज्यान गएको छ । ज्यान कसरी गएको भन्नेबारे खुलेको छैन । भारतिय एसएसबीले भाग्दै गर्दा ज्यान गएको बताएपनि एसएसबीले कुटपिट गर्दा ज्यान गएको फचकौवाका स्थानियले बताएका बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले बताउनुभयो ।
घटना बुधवार दिउसको हो । शाहीको ज्यान कसरी गएको भन्नेबारे अनुसन्धान गर्न बर्दियाका प्रहरी उपरीक्षक गोविन्दराम परियारको नेतृत्वमा टोली बहराईच पठाईएको छ, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै शाहीको ज्यान कसरी गएको भन्ने बताउन सकिने प्रजिअ कुँवरले बताउनुभयो ।
पक्राउ पर्नेमा कालीकोट चिलखायका टेकबहादुर शाही, लोक बहादुर शाही, तीर्थ बहादुर शाही र अनिल शाहीलाई भारतीय सीमा सशस्त्र प्रहरी बल एसएसबीले पक्राउ गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले जानकारी दिनुभयो । 
भारतको सीमावर्ती क्षेत्रमा पर्ने बहराईचको बलेगाँउ फचकैवा गाँउमा पक्राउ परेका चारै जनालाई एसएसबीले बहराईचको मोतीपुर थानामा बुझाईएको बताईएको छ । 
असार २७ गते कालीकोटको पाखा गाविस ८ र ९ को सिमामा पर्ने कालिकादेवी मन्दिरबाट तिन वटा ढुङ्गाका मूर्ति चोरेर भागेको उनीहरुले बयान दिएको प्रजिअ कुँवरले बताउनुभयो । 
News &Views
प्रतिक्रिया दिनुहोस्: