वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

बर्दियामा प्रधानमन्त्रि कृषि आधुनिकिकरण आयोजना अन्तरगत कृषि पकेट क्षेत्र निर्माण कार्य सुरु

        बअ सम्बाददाता   |   प्रकाशित मितिः सोमवार, जेष्ठ १, २०७४     ::: 982 पटक पढिएको   |  

गुलरिया, बर्दिया ।
प्रधानमन्त्रि कृषि आधुनिकिकरण आयोजना अन्तरगत बर्दियाका बिभिन्न स्थानमा कृषिजन्य उत्पादनको आधारमा पकेट क्षेत्र निर्माण गर्ने कार्य सुरु गरिएको छ । प्राबिधिक कार्य दल तथा कृषि सेवा केन्द्रबाट सिफारिस भइ रित पुगेका सामुहिक तथा ब्यक्तिगत जग्गा छनोट गरी पकेट क्षेत्र बिस्तार गर्ने कार्य सुरु भएको हो ।

पकेट क्षेत्र बिस्तारका लागि माग गरिएका आबेदन स्थानिय विकास अधिकारी सयाेंजक रहेको जिल्ला कृषि विकास समितीको बैठकबाट स्वीकृत गरी आयोजना सुरु गर्ने निर्णय गरिएको जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत परशुराम राबतले जानकारी दिनुभयो ।
आयोजना अन्तरगत ५० वटा पकेट क्षेत्र बिस्तारका लागि आवेदन माग गरेको उआँ बताउनुभयो । बर्खे धान चैते धान ,हिउदे मकै , बर्खे मकै तरकारी केरा लगाएत कृषि उत्पादनलाइ पकेटका रुपमा विस्तार गर्दै कृषिलाइ आधुनिकिकरण गर्ने रावतको भनाइ छ ।

योजना अन्तरगत कृषि भुमिलाई पकेट ब्लक जोन गर्दै सुपरजोन बनाइने भएको छ । १५ बिघा क्षेत्रफल बराबर एउटा पकेट क्षेत्र, १ सय ५० बिघा क्षेत्रफल बराबर एउटा ब्लक, ५ सय हेक्टर क्षेक्रफल बराबर एउटा जोन तथा १ हजार हेक्टर क्षेत्रफल बराबर सुपरजोन कायम गरिएको छ ।
कार्यक्रमका लागि ७ करोड अनुदान दिइने बरिष्ठ कृषि विकास अधिकृत रावतले बताउनु भयो ।

पकेटका लागि १ करोड ४८ लाख, व्लकका लागि ४ करोड ९९ लाख रुपैयाँ र बाँकि रकम जोन बिस्तारका लागि सहयोग गरिने छ । पकेटका लागि छनौट गरिएका जमिनमा अनिवार्य सडक, सिचाई, बिधुत लगायत सेवा केन्द्रको पहुच हुनुपर्ने प्राबधान छ । प्रति पकेटका लागि पुजिगत तर्फ २ लाख २५ हजार र चालु तर्फ बिउ मलका लागि ५० हजार अनुदान दिने कार्यालयले जनाएको छ ।

परियोजना अन्तरगत राजापुर क्षेत्रलाई धान, सोरहवा र बगनाहा क्षेत्रलाई माछा तथा गुलरिया नगरपालिका लगायत आशपासका क्षेत्रमा केराको पकेट क्षेत्र बनाउने योजना रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: