वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

कोहलपुर स्थित बिद्युत शबस्टेशनको क्षमतामा बृद्धि

        बअ सम्बाददाता   |   प्रकाशित मितिः आइतवार, बैशाख ३१, २०७४     ::: 243 पटक पढिएको   |  

कोहलपुर, बर्दिया ।
गर्मी बढे संगै विद्युत प्रसारण अनियमित भएर हैरानी ब्यहोरी रहेका नेपालगंजबासीले  आईतबार देखी केही राहत महशुस गरेको छन । ४४ डिग्रि आसपासमा रहेको तापक्रमले पिडित बनेका नेपालगंजबासी अनियमित विद्युतका कारण थप सास्ति खेप्न बाध्य भएका थिए ।
कोहलपुर स्थित बिद्युत शबस्टेशनको क्षमतामा बृद्धि गरी बिगतमा रहेको १५ र ३० एम वि एको ट्रान्सफर्मर मध्ये १५ एम वि एको ट्रान्सफर्मरको क्षमता बृद्धि गरी ६० एम वि एको बनाइएको हो । यसबाट नेपालगंजले आवश्यकता अनुसार नेपालको प्रसारण लाईननबाट विद्युत लिन सक्ने नेपाल विद्युत प्राधिकरण वितरण शाखा नेपालगंजका प्रमुख उमेशकुमार झाले जानकारी दिनु भयोे ।

प्रतिक्रिया दिनुहोस्: