वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

सुर्खेतमा मतदान उत्साहपुर्वक चल्दै… (फोटो फिचर)

प्रदेश नम्बर ६ सुर्खेत

        भावुक योगी   |   प्रकाशित मितिः आइतवार, बैशाख ३१, २०७४     ::: 629 पटक पढिएको   |  

बिरेन्द्रनगर, सुर्खेत।
झण्डै २० वर्षपछी आज वैशाख ३१ गते भईरहेको स्थानीय तहको निर्वाचनका लागि सुर्खेतको सदरमुकाम साविक मध्यपश्चिमको क्षेत्रिय सदरमुकाम हाल प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको बिरेन्द्रनगर सुर्खेतका अधिकाँश मतदान केन्द्रमा मतदाताहरु उत्साहजनक रुपमा सहभागि भई मतदान गरीरहेको पाईएको छ ।
मतदाताहरु मतदान गर्न उत्साहित हुँदै प्रचण्ड गर्मीमा छाता ओढेरै लाईनमा
मौषमविदले पानी पर्ने जनाएपनि सुर्खेतका मतदाताहरु प्रचण्ड गर्मीमा छाता ओढेर भएपनि मतदानका लागि मतदान लाईनमा बसेका छन् । अन्यदिनको तुलनामा गर्मि बढी भएकाले पनि अधिकाँश महिला छाता ओढेरै लाईनमा बसेका छन् ।
मत खसाल्न मतदाताहरु उत्साहित भएर मतदान केन्द्रमा पुगेका छन् । तर मत खसान्ने समय बढी लाग्ने गरेको पाईएको छ । प्रत्येक मतदान केन्द्रमा एक घण्टामा ४७ देखि ६५ जनाले मतदान गरेको मतदान केन्द्रका मतदान अधिृतहरुले जानकारी दिनुभएको छ ।

सुरक्षा व्यवस्था कडा, शान्तिपुर्ण रुपमा मतदान हुँदै

सुर्खेतका सबै मतदान स्थलमा नेपाल प्रहरी संगै म्यादी प्रहरी रहेको, नेपाली सेना र सशस्त्र प्रहरीलाई गस्ती पट्रोलमा खटाईएकाले मतदान केन्द्रित सुरक्षा व्यवस्था लागु गरीएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो ।


सुर्खेतका सबै मतदाताहरुले सुरक्षित महशुष गरी मतदान गर्ने वातावरण मिलाईएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनुभयो । सुर्खेतका मतदान स्थल वाहीर र मुख्य चोक चौतारमा नेपाली सेना, शसस्त्र प्रहरी तैनाथ रहेकाले सुरक्षा व्यवस्था कडा भएकाले पनि मतदाताहरु सुरक्षित महशुष गरी ढुक्कका साथ मतदान गर्न मतदान स्थल तर्फ गएको पाईएको छ ।
यस्तै महिला, वृद्धवृद्धा तथा अपांगले पनि सहज रुपमा मतदान गर्न पाईरहेका छन् । वृद्धवृद्धा तथा अपांगता भएका तथा अशक्तका लागि स्वंमसेवकले सहयोग गरेका छन । तर मतपत्र ठूलो भएकाले मतदान गर्न केही असजिलो भएको उनीहरुले बताएका छन ।

वृद्धवृद्धा भन्छन भोट दियौँ, अब विकासमा पहल गरुन, नातीको पालामा शान्ति र विकास होस

विरेन्द्रनगर ६ का ८४ वर्षिय वालाराम पन्तले जनउच्च मावि ख केन्द्रमा मतदान गर्नु भएको छ । धेरैपछी हुन लागेको स्थानिय चुनावमा सहभागि भएर मत हाल्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले पहिलेको भन्दा अहिलेको मतपत्र अप्ठेरो लागेको समेत बताउनुभयो । ०४९ र ०५४ सालमा भएको स्थानीय निकाय र अन्य निर्वाचनहरुमा पनि मत खसालेका पन्तको अन्तिम चाहाना छोरा, नाती र पनातीको पालामा देशमा विकास र शान्ति होस, हाम्रा पालामा विकास यस्तै हो उहाँले भन्नुभयो ।
यस्तै विरेन्द्रनगर १२ को अमरज्योती नमुना उमावि नेवारेमा मतदान गर्नुभएकी ८७ वर्षिया जमुना तिवारीले मैले भोट हालेँ, जितेका उम्मेदवारले राम्रो विकास गरुन भन्ने लागेको बताउनुभयो । धेरै पटक मत खसालियो, गाउँ र ठाउँको विकास कहिल्यै भएन् अव आउने जनप्रतिनीधिले नाती र पनातीको पालामा समृद्ध गाउँ र नगर बनाउन भन्ने अन्तिम ईच्छा । देशमा राम्रो विकास भएको कहिल्यै हेर्न नपाएको गुनासो उहाँको छ । राजनीतिका नाउँमा आन्दोलनै आन्दोलन भए, विकास गर्ने सपना बाँडे तर वाचा कहिल्यै पूरा गरेन, आफू त डुब्ने बेलाको घाम हो, तर अवको पुस्ताले हामीले जस्तै बेहोर्नु परेको दुःख झेल्नु नपरोस्, देश शान्तिमय होस ।
यस्तै आफुले मतदिएर विजयी हुने उम्मेदवारले खानेपानी, बाटोघाटोको विकासमा ध्यान दिउन, आफ्ना छोरानातीका पाला सम्म राम्रो होस भन्ने लागेको विरेन्द्रनगर १२ को हस्तबिर प्रावि मतदान केन्द्रमा मतदान गरेर फर्किनु भएकी ६५ वर्षिया पवित्रादेबी सापकोटा र रत्नादेवि पौडेलले बताउनुभयो ।

सुर्खेतका वृद्धवृद्धा नागरिक मात्रै हैन युवाहरु पनि आफ्नो गाउँ र टोलको विकास गर्ने नेता छान्न कै लागि मतदान गरेको बताएका छन । अहिलेसम्म विकासको अनुभूति गर्न सकिएन, अव आउने नेतृत्वले कम्तिमा साच्चै नमुना गाउँ बनाउने साहश गररुन युवा दलबहादुर रानाले भन्नुभयो ।
पुर्व गृहमन्त्रि खडका, सहकारी तथा गरिवी मन्त्रि थानी र पुर्व पर्यटन मन्त्रि कंडेलले मतदान गरे
पुर्व गृहमन्त्रि तथा हाल सुर्खेत क्षेत्र नम्बर १ का कांग्रेस सांसद पुर्ण बहादुर खडका सुर्खेतको गुर्भाकोट नगरपालिकाको सुर्यज्योती मावि मेहलकुनाबाट मतदान गर्नु भएको छ ।
यस्तै सहकारी तथा गरिवी निवारण मन्त्रि एवं हाल सुर्खेत क्षेत्र नम्बर २ का कांग्रेस सांसद हृदयराम थानीले विरेन्द्रनगर नगरपालिकाको सरस्वति प्राविबाट मतदान गर्नु भएको छ । पुर्व पर्यटन मन्त्रि एमाले पोलीटब्युरो सदस्य यमलाल कंडेलले विरेन्द्रनगर ४ भैरव माविबाट मतदान गर्नु भएको छ ।


स्थानीय तहको चुनावका लागि सुर्खेतमा १३८ मतदान स्थल र २४० मतदान केन्द्र छन् । सुर्खेतमा यसपटकको चुनावमा ८९ हजार २ सय ६८ जना महिला र ९५ हजार १ सय ३१ जना पुरुष गरी १ लाख ८४ हजार ३ सय ९९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

तिन निर्वाचन क्षेत्र रहेको सुर्खेतमा विरेन्द्रनगर नगरपालिका, भेरीगंगा, गुर्भाकोट, लेकबेसी र पंचपुरी गरी ५ वटा नगरपालिका रहेका छन । यस्तै चौकुने गाउँपालिका, चिङ्गाड, बराहताल र सिम्ता गरी ४ वटा गाउँपालिकामा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्: