वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्ह तिलहरीदेखि पाउरोटीसम्म !

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, बैशाख २६, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
स्थानीय तहको निर्वाचनमा भाग लिने जिल्लाका चार दर्जन बढी स्वतन्त्र उम्मेदवारहरुलाई विरालो, पाउरोटी, केक, तिलहरीदेखि डाडु पन्यूसम्म निर्वाचन चिन्ह प्रदान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको दुई नगर तथा सात गाउँपालिकाको विभिन्न पदका उमेदवारलाई चुनाव चिन्ह प्रदान गरिसकेको छ । स्वतन्त्र तर्फ नगरका मेयर, उपमेयर तथा वडाका अध्यक्ष, सदस्य देखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्ष र सदस्यलाई फरक–फरक चुनाव चिन्ह प्रदान गरिएको छ ।

निर्वाचनमा भाग लिन स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा (६) र (७) बमोजिम निर्वाचन चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधीश पर्शुराम भट्टराईले बर्दिया अनलाईनलाई जानकारी दिनुभयो ।

जिल्लामा नेपाली कांग्रेस, ने.क.पा. एमाले, ने.क.पा. माओवादी केन्द्र, राप्रपा र माले पार्टीले दलीय चुनाव चिन्ह पाएका छन भने बाँकी एक दर्जन बढी पार्टीका चार दर्जन बढी उम्मेदवार र स्वतन्त्र उम्मेद्वारी दिनेले नियम अनुसार स्वतन्त्र निर्वाचन चिन्ह पाएका छन ।
अन्य स्वतन्त्र उमेदवारहरुलाई मकैको बोट, विरालो, पाउरोटी, जोडी मान्छे, डाडुपन्यू, घोडा, डल्फिन, क्रिकेट ब्याट र बल, क्यासेटको चक्का, केवलकार, एम्बुलेन्स, अम्लो, गितार, केकदेखि तिलहरी लगायतका चुनाव चिन्ह प्रदान गरिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: