वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

कानुन व्यवसायीलाई ३ दिने क्षमता अभिबृद्धि तालिम

        भगतराम थारु   |   प्रकाशित मिति: शुक्रबार, बैशाख २२, २०७४ ।    

नेपालगन्ज,
कानुन व्यवसायीहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम आजदेखि नेपालगन्जमा सुरु भएको छ । नेपाल वार एशोसियशनको आयोजना तथा युएनडिपीको आर्थिक सहयोगमा भएको क्षमता अभिबृद्धि तालिमको उद्घाटन नेपाल बार एशोसियशनका केन्द्रिय अध्यक्ष शेर बहादुर केसीले गर्नुभएको थियो ।

उद्घाटन शत्रमा बोल्दै केन्द्रिय अध्यक्ष केसीले बार कुनै दलको टोपी ओढेर कहिले पनि काम गर्न नसकिने बताउनुभयो । निश्पक्षय न्यायको क्षेत्रमा काम गर्ने बारले प्रधान न्यायधिश शुसिला कार्कीमाथि लगाइएको महाअभियोग दुर्भाग्यपुर्ण रहेको उहाँले बताउनुभयो । अध्यक्ष केसीले बार एशोसियशन कमजोर भयो भने हामी कमजोर हुने भएकोले बारलाई झुक्न नदिन निश्पक्ष तरिकाले वकालत गर्ने बताउनुभयो । प्रधानन्यायधिशमाथि लगाईएको महाअभियोग विरुद्धमा नेपाल बार एशोसियसन रहेको बताउनुभयो । कार्कीमाथि लगाइएको महाअभियोग बार विपक्षमा रहेको छ यो दुर्भाग्यपुर्ण समेत रहेको उहाँले बताउनुभयो । देश विसम परिस्थितिमा गुर्जिरहदै आइरहँदा न्यायपालिकामाथि जुन किसिमको व्यवहार गरिएको छ त्यो जग हसाईको कार्य भैरहेको अधिवक्ता पहलाद बहादुर कार्कीले बताउनुभयो । न्यायपालिकाको हैसियत र काम कारवाही वारे बनाउने कार्य नै नेपाल बारले गरेको उहाँले दावी गर्नुभयो । अधिवक्ता कार्कीले कानुन व्यवसायीको स्पष्ट धारणा आउन जरुरी रहेको बताउदै उहाँले भन्नुभयो, न्याय गरे जस्तो होइना न्याय गर्नुपर्छ भन्ने स्पष्ट सोच बोकेर आउन जरुरी रहेको बताउनुभयो ।

३ दिने क्षमता अभिबृद्धि तालिममा फौजदारी मुद्दामा कानुनी सहायतासम्बन्धि अन्तराष्ट्रिय सिद्धन्तहरु वारे अधिवक्ता रमेश प्रसाद गौतम, फौजदारी न्याय प्रणालीमा अभियोजन तथा अनुसन्धान वारे गोपाल कृष्ण घिमिरे, पिडित शास्त्र र यसको प्रयोग वारे गिरिबर प्रसाद अग्रवाल र बालअधिकार र बालन्यायसम्बन्धि सिद्धान्त र कानुनी व्यवस्था वारे डाक्टर लक्ष्मी प्रसाद मैनालीले प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । नेपालगन्ज उच्च अदालत बार एशोसियशनका अध्यक्ष बलवहादुर चन्दको अध्यक्षतामा भएको तालिममा बाँके, बर्दिया, सुर्खेत, दाङ, जाजरकोट, हुम्ला, कालिकोट जिल्लाका ३५ कानुनव्यवसायीहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: