वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

मनाङको नार फू गाउँपालिका अध्यक्षमा लामा निर्विरोध

        एजेन्सी   |   प्रकाशित मिति: मङ्लबार, बैशाख १९, २०७४ ।    

मनाङ।
हिमालपारिको जिल्ला मनाङको नार फू गाउँपालिकामा नेपाली कांग्रेसका मिङमर छिरिङ लामा निर्विरोध निर्वाचित भएका छन् ।

३ वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध भएका हुन् ।

वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत मिङमार मुलुककै गाउँपालिकामध्येमा पहिलो निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला स्थित निर्वाचन कार्यालयले भने निर्विरोध घोषणा गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्: