वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

‘आफ्नो घरसम्पत्ति आँखै अगाडी यसरी दन्कियो कि हेर्न सिवाय केही गर्न सकिएन’

        भगतराम थारु   |   प्रकाशित मिति: शनिबार, बैशाख १६, २०७४ ।    

नेपालगन्ज,बाँके।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ छिटैपुरुवामा शुक्रवार आगलागी हुँदा ३० घर र ३० वटा गोठ जलेर नष्ट भएका छन् । उक्त गाउँमा रहेका ३२ घरमध्ये ३० घर जलेर पूर्णरुपमा नष्ट भए ।
अपरान्ह ३ बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ । फुसको छाना भएका कच्ची घर गोठमा आगो लागेपछि गर्मीको समय भएकाले छिट्टै फैलिएको थियो । नेपालगन्जबाट आगो नियन्त्रणका लागि गएको दमकल बाटोमै फसेपछि ठूलो क्षति भएको स्थानीयको भनाई छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।
आगलागीका कारण अन्नपात, लताकपडा नोक्सान हुनुका साथै २ वटा भैसीको पाडा र २ वटा गोरु जलेर मरेका छन् । घरहरु एकआपस जोडिएर बनाएका कारण ठूलो नोक्सानी भएको हो । सातु बनाउने क्रममा आगो लागेको स्थानीयले बताएका छन् । स्थानीय ज्ञानी यादवले करिव ३ बजेतिर सातु बनाउने क्रममा आगो लागेको बताए । एक्कासी हावाले नजिकै रहेको गोठमा सल्किन पुग्यो र घरमा समेत आगो सल्किन पुगेको स्थानीय बन्सीलाल यादवले बताउनुभयो ।


स्थानीय प्रेम कुमारी यादव जलेको घर नियाल्दै थिइन । आँखा आशुभरि थियो । रुन सकिरहेका थिएनन् । भएभरको सारा सम्पत्ति छिनभरमै सखाप भयो उनले आँशु पुच्छै भनिन् । घरमा भएको सारा सम्पत्ति तीन घण्टामै सखाप भयो उहाँले भन्नुभयो । घरमा भएको आगो नियन्त्रणमा लिन नेपालगन्जबाट गएको दमकल खडैचामा फसेको कारण घटना स्थलमा पुग्न नसकेको डुडुवा गाँउपालिका वडा नं. २ का सचिव मान बहादुर बोगटीले जानकारी दिनुभयो ।
प्रहरी, स्थानीयबासी, बेतहनी र होलियाका कर्मचारी रेडक्रसको डिडिआरटीको टोलीको संयुक्त पहलमा आगोलाई नियन्त्रण लिइएको स्थानीय बन्सीलाल यादवले बताउँछन् । प्रहरीका अनुसार घरमा रहेको सम्पूर्ण अन्न जलेर नष्ट भएको छ भने घर नजिकैको खेतमा काटेर लगाइएको अरहर समेत जलेर नष्ट भएको छ । असाई थापाका अनुसार प्रहरी र स्थानीयको सक्रियताका कारण कुनै प्रकारको मानवीय क्षति हुन नपाएको प्रहरीको भनाई छ । आगलागीबाट भएको क्षतिको विवरण संकल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: