वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

अमेरिका नेपाल सहयोगी समाजको नयाँ नेतृत्व चयन

          |   प्रकाशित मिति: शनिबार, भदौ ५, २०७२ ।    
ब.अ. डेस्क।
अमेरिकाको भर्जिनिया-मनासस क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको साझा सस्थाको रुपमा परिचित अमेरिका नेपाली सहयोगी समाजले हालै मात्र आफ्नो नयाँ नेतृत्व चयन गरेको छ। 
समाजले पदम रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै मुक्ति पौडेल र केदार तिम्सिनालाई उपाध्यक्ष, राजन घिमिरेलाई सचिब र सह-सचिबमा कमला खरेललाई जिम्मेवारी तोकेको छ।  त्यस्तै समाजको कोषाध्यक्षमा पिताम्बर भट्टराई रहेका छन्। 
त्यसैगरी समाजले विभिन्न उपसमिति गठन गरि तिनको संयोजक पनि तोकेको जनाईएको छ। 
साँस्कृतिक संयोजकमा सुनिता गौतम, शिक्षा संयोजकमा रोम ज्ञवाली, व्यवस्थापनमा जगन्नाथ भट्टराई र यज्ञ चापागाई, मिडिया संयोजकमा उत्तम गौतम, समस्या समाधान संयोजकमा इन्द्र श्रेष्ठ, युवा समन्वय संयोजकमा विजय ओझा, आर्थिक संकलनमा हेलिकन सिटौला, खेलकुद संयोजकमा मोहन निरौला र सञ्चार  संयोजकमा मदन बस्ताकोटी रहेका छन। 
कार्यक्रममा भुकम्पपिडितहरुलाई उद्दार तथा  राहत वितरण गरि फर्केको नेपाली तथा अमेरिकी स्वयमसेवकको टिमलाई सम्मान पनि गरिएको थियो। 
अमेरिका नेपाल सहयोगी समाजले मनासस क्षेत्रमा सन् २००८ देखि नेपाली भाषा, कला, सस्कृति, परम्परा , शिक्षा तथा आपसी सहयोग र सदभाब प्रबर्धनमा टेवा पुर्याउदै आएको छ। 
News &Views
प्रतिक्रिया दिनुहोस्: