वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

माओवादी केन्द्रद्वारा ठाकुरबाबा नगरपालिकामा उम्मेद्वारी घोषणा

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, बैशाख १०, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
स्थानिय तह निर्वाचनका लागि बर्दियाको ठाकुरबाबा नगरपालिकामा माओबादी केन्द्रले मेयर, उपमेयर एवं वडा नम्बर १ र ५ वाहेकका अन्य वडामा वडाध्यक्ष सहित सदस्यहरुको उम्मेदवारी घोषणा गरेको छ ।
वडा नम्बर २ मा वडाध्यक्ष हरीराम थारु, वडा नम्बर ३ मा वडाध्यक्ष विष्णु न्यौपाने, वडा नम्बर ४ मा वडाध्यक्ष शेर बहादुर थारु, वडा नम्बर ६ मा वडाध्यक्ष जीतबहादुर थारु, उम्मेदवारी घोषणा गरेको छ ।
यसैगरी वडा नम्बर ७ मा वडाध्यक्ष मान बहादुर कटुवाल, वडा नम्बर ८ मा वडाध्यक्ष निम प्रसाद थारु र वडा नम्बर ९ मा वडाध्यक्ष राधा चौधरी उम्मेदवारी घोषणा गरेको छ । बाँकी रहेका वडा नम्बर १ र वडा नम्बर ५ का वडाध्यक्षका उम्मेदवारी केही दिन भित्रै टुंगो लाग्ने बताईएको छ ।
यसैबिच ठाकुरबाबा नगरपालिकाको ९ वटै वडाबाट माओबादी केन्द्रले मोटरसाईल, साईकल र्याली, सहित बस समेत रिर्जव गरेर भुरीगाउँमा जनमानस जम्मा गरेको थियो । र्यालीमा निस्कीएका माओबादीले भुरीगाउँ बजार परीक्रमा समेत गरेका थिए ।

यसैबिच बाँसगढीबाट सहकर्मी राबन बिश्वकर्माका अनुसार  नेकपा माओबादी केन्द्र बाँसगढीले स्थानिय निर्वाचनमा सहभागी हुने उमेद्धारहरुको नाम सार्बजनिक गरेको छ । पार्टीले शनिबार बाँसगढीमा कार्यक्रमको आयोजना गर्दै पाटीको तर्फबाट बाँसगढी नगरपालीकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुको पदमा खडा हुने उमेद्धारहरुको नाम सार्बजनिक गरेको हो ।

बाँसगढी नगरपालीकाको मेयरको लागी नेकपा माओबादी केन्द्र केन्द्रिय महाधिबेशन आयोजक कमिटी सदस्य तथा बाँसगढी नगर अध्यक्ष बिनाराम थारु (बिकल्प) र उपमेयरको लागी नगर उपाध्यक्ष भुमि बिकलाई उमेद्धारीको रुपमा खडा गरेको छ ।
त्यस्तै वडा नम्बर १ को वडा अध्यक्षमा जयराज पाण्डे, वडा २ बाट रोशन गुर्ताल, वडा नम्बर ३ बाट दत्त थारु, वडा नम्बर ४ बाट रजमान थारु, वडा नम्बर ५ मा नरेन्द्र गिरी, वडा नम्बर ६ मा दशरत थारु, वडा नम्बर ७ मा ललिराम थारु, वडा नम्बर ८ मा बिष्णु कुमार राना र वडा नम्बर ९ मा भिमबहादुर वलीलाई वडा अध्यक्ष पदको लागी उमेद्धारको रुपमा खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: