वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

नगरपालिकाको मेयरमा एमालेले गर्‍यो अधिकारीको नाम सिफारिस

        रबिन्द्र प्रताप गुप्ता   |   प्रकाशित मितिः मङ्लबार, बैशाख ५, २०७४     ::: 404 पटक पढिएको   |  

भैरहवा।
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सिद्धार्थनगरमा चुनावी चहलपहलमा वृद्धि भएको छ । नेकपा एमाले सिद्धार्थनगर नगर कमिटीको सोमबार सम्पन्न १२ औं बैठकले नगरका विभिन्न पदमा उम्मेदवारी सिफारिस गरेको छ । जसमा मेयर पदका लागि हरि प्रसाद अधिकारीलाई सर्वसम्मत चयन गरी नाम सिफारिस गरि पठाइएको हो ।

पार्टीमा मेयर पदका अर्का दावेदार डा.रामप्रसाद वस्यालले सर्वसम्मत उम्मेदवार बनाउन भन्दै त्यागको घोषणा गरेपछि सर्वसम्मत उम्मेदवारी भएको हो । मेयर पदका उम्मेदवार अधिकारी यस अघिको स्थानीय निकायको चुनावमा सिद्धार्थनगर नगरपालिकाको उपमेयर भई कार्य सञ्चालन गरिसकेका छन । अधिकारीले पार्टीको जिल्ला कमिटी सहित क्षेत्र न.२ को इन्चार्जको जिम्मेवारी पनि सम्हालिसकेका छन । त्यसै गरी बैठकले उपमेयर पदमा उमा काफ्ले र पम्फावति खनाल को नाम सिफारिस भएको छ ।
त्यसै गरि बैठकले वडा न.२ को वडा अध्यक्षमा दिपक थापा, ३ न.वडामा थानेश्वर पौडेल, ४ न. वडामा इस्लाम अलि, ५ न.मा चेद बहादुर क्षेत्री, वडा न. ६ मा नसिवदार मुसलमान, ११ न.को वडा अध्यक्षमा दिलिप यादव, १२ मा घनेन्द्र विक्रम पाण्डे र १३ न. वडाको वडा अध्यक्षमा सतिस प्रसाद मरासिनीलाई सर्वसम्मत चयन गरी उम्मेदवारमा नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्