वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

सरकारले दियो भारत जाँदा र आउँदा सार्वजनिक बिदा तर राष्ट्रपति भन्छिन-बिदा दिनु पर्दैन

        बअ सम्बाददाता   |   प्रकाशित मितिः आइतवार, बैशाख ३, २०७४     ::: 538 पटक पढिएको   |  

काठमाण्डौ ।
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि सुरु हुने भारत भ्रमणको अबसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमणको कार्यक्रम अनुमोदन गर्दै उनी जाने दिन भोलि सोमबार र फर्कने शुक्रबार दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको कानुन मन्त्री अजयशंकर नायकले जानकारी दिए।
राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण भएको भन्दै सरकारले विदा दिने निर्णय गरेको हो।
यसअघि राष्ट्रपति भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने बताएकी थिइन्।
राष्ट्रपति कार्यालयमा आइतबार कार्यालयका सचिव, कर्मचारी र सल्लाहकारसँगको छलफलमा राष्ट्रपति भण्डारीले आफू विदेश भ्रमणमा जाँदा विदा दिन नपर्ने बताएकी थिइन्। ‘बैठकमा राष्ट्रपति भारत जाँदा मैले विदा दिने कुरा सुनिएको छ, सरकारले विदा दिन लागेको हो र? भनी सोधेको थिएँ’, राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले भने, ‘उहाँले सरकारले के गर्छ आफूलाई जानकारी नभएको तर विदा दिनु पर्दैन भन्नुभयो।’ सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्: