वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

मुक्त कमलरी विकास मञ्चकी अध्यक्षद्धारा कार्यालय भित्रै आमहत्या

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, चैत्र ३१, २०७३ ।    

गुलरिया, बर्दिया ।
मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना थारुले कार्यालय भित्रै झुण्डिएर आत्महत्या गरेकी छिन् । ठाकुरवावा नगरपालिका-५, बनवीर की २० वर्षीया थारुले कार्यालयको पंखामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
गत असोज ५ गते देखि मुक्त कमलरी विकास मञ्च बर्दिया शाखाको अध्यक्ष पदमा निर्वाचित भएकी थारु गुलरिया नगरपालिका ५ सुहेलवास्थित संस्थाको कार्यालय सञ्चालन गरी वस्दै आएको मृतक थारुकी साथी शुष्मा चौधरीले जानकारी दिनुभयो ।
बुधबार वेलुकी शुष्मा नुहाउन वाथरुममा गएको र एक घण्टापछि फर्किँदा कोठाभित्रबाट लागेकाले धेरै पटक घचघच्याउँदा पनि नखोलेपछि छिमेकीलाई खवर गरेको उहाँले बताउनुभयो ।
संस्थाको कार्यालयमा सिर्जनाले किन आत्महत्या गरिन् भन्ने तथ्य वाहिर नआएकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: