वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

हिमांशु शाहीको ‘तिम्रो त्यो मन जलाई…’

        बअ सम्बाददाता   |   प्रकाशित मितिः बुधबार, चैत्र ३०, २०७३     ::: 402 पटक पढिएको   |  

हिमांशु शाही नेपाली सांगीतक क्षेत्रमा एक परिचित नाम हो । सुन्दर सुदुरपश्चिमको लम्कीचुहा नगरपालिका–४, कैलालीका बासिन्दा राज बहादुर शाहीको माइलो सन्तानका रुपमा जन्मिएका शाहीले आफ्नो सागीतिक यात्रा बाँकेको नेपालगञ्जलाई कर्म थलो बनाएर सुरुवात गरेका हुन । सांगितीक क्षेत्रमा प्रवेश गर्नु पहिले हिमांशु शाहीलाई झण्डै ४ वर्ष स्रोताहरुले संचारकर्मीको रुपमा नेपालगञ्जको विभिन्न रेडियोहरुबाट सुनि सकेका छन ।
मध्य, सुदुरपश्चिम क्षेत्रका स्रोताहरु माझ सफल कार्यक्रम प्रस्तोताका रुपमा परिचित शाहीको शब्द तथा संगितमा दुई वटा गित बजारमा आईसकेको छ । रजिना रिमालको स्वरमा ‘आउँछ तिम्रो याद…’ बोलको पहिलो गित लिएर सांगितक बजारमा उपस्थिती जनाएका शाहीले पहिलो गितबाट नै छोटो समयमा दर्शक, स्रोताहरुको माझमा आफ्नो सवल उपस्थितीको छाप बनाई सकेका छन । उनको पहिलो गितले अपार मायाँका साथ सफलता बटुल्न सफल भएको थियो ।
पहिलो पाईलामा नै सफलताको अनुभव बटुलेका शाहीले आफ्नै शब्द, संगितमा पुरुष स्वरमा युवराज चौलागाईँ र महिला स्वरमा बर्दियाली गायिका अस्मिता बराईलीका साथ ड्रिम स्टुडियो काठमाण्डौबाट पप आधुनिक शैलीको ‘तिम्रो त्यो मन जलाई…’ बोलको दोस्रो गित बजारमा लिएर आएका छन ।
हिमांशु शाहीको शब्द, संगित तथा अस्मिता बराईलीको स्वरमा रहेको दोस्रो गित ‘तिम्रो त्यो मन जलाई…’ को युट्युब लिंक यहाँ राखिएको छ । सुनेर सल्लाह, सुझाव तथा प्रतिकृया दिएर साथ दिनुहोला ।

प्रतिक्रिया दिनुहोस्