वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बर्दिया लगायत पश्चिम नेपालका थारु समुदायमा सिकलसेल एनेमिया मुख्य स्वास्थ्य समस्या

        भगतराम थारु   |   प्रकाशित मितिः मङ्लबार, चैत्र २९, २०७३     ::: 655 पटक पढिएको   |  

नेपालगन्ज,बाँके।
बर्दिया, बाँके लगायत पश्चीम नेपालका थारु समुदायमा देखिएको सिकलसेल एनेमिया जनस्वास्थ्यको क्षेत्रमा एक समस्याका रुपमा देखा परेको भेरी अञ्चल अस्पतालका कन्सलटेण्ट फिजिसियन डाक्टर राजन पाण्डेले बताउनु भएको छ ।


थारु पत्रकार संघ नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डाक्टर राजन पाण्डेले थारु समुदायको मुख्य चुनौतीको रुपमा सिकलसेल एनेमिया रोग रहेको बताउनुभयो । यो रोगले धेरै थारु समुदायको घरवार समेत विगारिसकेको हुनाले यसलाई रोकथामका लागि पहल गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

सिकलसेल थारु समुदायमा पुर्खौदेखिको रहेको हुनाले यसलाई गाउँ गाउँमा अभियान चलाएर प्रचार गर्न जरुरी रहेको उहाँले बताउनुभयो । सिकलसेल थारु समुदायको लागि जनस्वास्थ्यकै समस्याको रुपमा रहेको बताउनुभएको छ ।
थारु समुदायमा आगामी पुस्तामा सिकलसेल देखा पर्न नदिन यसको व्यापक प्रचारप्रसार गर्न जरुरी रहेको डा.पाण्डेले बताउनुभयो । सिकलसेलले समाजमा विभेद समेत ल्याएको हुनाले यसलाई रोकथाम गर्न अति आवश्यक रहेको उहाँले बताउनुभयो । राज्यले सिकलसेल एनेमियावारे थारु समुदायको बढि जनसंख्या रहेको ठाउँमा कक्षा ५ देखि ८ कक्षा सम्मका विद्यार्थीहरुका लागि पठ्यपुस्तक निकालेर प्रचार प्रसार गर्न जरुरी रहेको उहाँले बताउनुभयो । सिकललेस समयमै उपचार गरे निको हुने डा. पाण्डेले बताउनुभयो ।

थारु समुदायमा १० प्रतिशत मात्र देखा परेको हुनाले ९० प्रतिशतमा पनि हुन सकिने उहाँले बताउनुभयो । थारु समुदायमा बंशाणुगत रोग रहेको कारण यसलाई रोकथामका लागि राज्यले निशुल्क उपचार प्रदान गर्नुपर्ने थारु पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष विमला चौधरीले बताउनुभयो । बाँकेको बैजापुर, विनौना, फत्तेपुर, नौवस्ता, टिटिहिरिया र चिसापानीमा बढि सिकलसेलका विरामी देखिएको डा. पाण्डेले बताउनुभयो । यस्तै बर्दियाको हरेक गाविसका थारु समुदाय यो रोग देखा परेको उहाँले बताउनुभयो । हाल सम्म बाँकेमा १० जना सिकलसेल विरामीको मृत्यु भैसकेको उहाँले बताउनुभयो । बाँकेमा ३ सय ४० जनामा सिकलसेल देखापरेको छ भने कैलालीमा ३ सय बर्दियामा ५ सय बढिमा यो रोग देखापरेको डा पाण्डेले बताउनुभयो । सरकारले सिकलसेल रोग लागेका विरामीका लागि १ लाख वरावरको निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको डा. पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्