वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

स्थानिय चुनावका उम्मेद्वारले कुन शिर्षकमा कति खर्च गर्न पाउने ? हेर्नुहोस्:

        बअ सम्बाददाता   |   प्रकाशित मितिः आइतवार, चैत्र २७, २०७३     ::: 880 पटक पढिएको   |  

ठाकुरबाबा, बर्दिया।
आसन्न स्थानिय तह निर्वाचनलाई मध्यनजर गरेर निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सहभागी हुने उमेद्वारका लागि कुन शिर्षकमा कती खर्च गर्न पाउने भन्दै चुनाव खर्चको सीमा विवरण सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले प्रकाशित गरेको सुचना अनुसार महानगरपालिकाका प्रमुख, उपप्रमुखले ७ लाख ५० हजार, वडा अध्यक्ष र सदस्यहरुले ३ लाख मात्र खर्च गर्न पाउने छन् भने उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखले ५ लाख ५० हजार र वडा अध्यक्ष र सदस्यहरुले २ लाख ५० हजार मात्र खर्च सीमा तोकेको छ । त्यस्तै नगरपालिकामा प्रमुख, उपप्रमुखले ४ लाख ५० हजार र वडा अध्यक्ष र सदस्यहरुले २ लाख खर्च गर्न पाउने छन् । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले ३ लाख ५० हजार र वडा अध्यक्ष र सदस्यहरुले १ लाख ५० हजार मात्र खर्च गर्न पाउने व्यवस्था रहेको छ ।

उम्मेदवारहरुले मतदाता नामावली खरिद, सवारी भाडा, इन्धन, प्रचार प्रसार, कार्यकर्ता परिचालन, कार्यालय संचालन तथा प्रतिनिधि परिचालन लगायतका शिर्षकहरुमा मात्र रकम खर्च गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्: