वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कुखुरा सहित बर्दियामा छ जना पक्राउ

        बअ सम्बाददाता   |   प्रकाशित मितिः आइतवार, चैत्र २७, २०७३     ::: 736 पटक पढिएको   |  

गुलरिया, बर्दिया ।
भारतबाट भन्सार छली अवैध रुपमा ल्याइएको बोइलर कुखुरासहित छ जना युवा पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष टोलीले बढैयाताल गाउँपालिका सीतापुर चोकबाट शनिबार तीन क्विन्टल ७० किलो बोइलर कुखुरासहित उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट भन्सार छली अवैधरुपमा कुखुरा ल्याउँदै गरेको अवस्थामा बाँके बनकटुवा–९ का टेकराज पोखरेल, कृष्ण बुढाक्षेत्री, सुरेश सिंह, विपीन थापा मगर, जयसिङ ठकुरी र मनिस पुनमगरलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनु भयो । उनीहरुले प्रयोग गरेको भे १ प ७६९४, भे ६ प ३६२६ र भे ६ प ११५२ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई कारबाहीका लागि पशु क्वारेनटाइन कार्यालयमा पठाएको प्रहरीले जनाएको छ ।
विगत केही समय यता मिलेमतोमा कुखुराको अवैध कारोबार भइरहेको सूचनाका आधारमा जिल्लाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: