वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

स्वास्थ्य बिमा बर्दिया सहित थप १७ जिल्लामा सुरु हुँदै

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शनिबार, चैत्र २६, २०७३     ::: 971 पटक पढिएको   |  

भुरिगाउँ, बर्दिया ।
सरकारले कैलाली जिल्लाबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ८ वटा जिल्लामा विस्तार भएको छ । बाग्लुङ, इलाम, अछाम, पाल्पा, म्याग्दी, कास्की, कैलाली र बैतडी जिल्लाका ४५ हजार २ सय ७७ जनाले स्वास्थ्य बिमा गराएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
आगामी अषाढ देखि बर्दिया, सुर्खेत, जुम्ला, जाजरकोट, रोल्पा, झापा, तनहुँ, गोरखा, भक्तपुर, चितवन, महोत्तरी, मकवानपुर, सोलुखुम्बु, पर्सा, सिन्धुली, सुनसरी र रौतहट गरी १७ जिल्लामा बिमा कार्यक्रम सुरु हुने विभागले बताएको छ ।
बिमा कार्यक्रममा सहभागी भएका मध्ये ६ हजार ६७ जनाले उपचार सेवा लिइसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले जानकारी दिनु भयो । बिमा कार्यक्रममा नाम दर्ता भएका सदस्यले २ करोड २६ लाख ३८ हजार ५ सय रुपैयाँ दर्ता हुँदा बुझाएको र उपचारका लागि ५३ लाख ५४ हजार ७ सय ५० रुपैयाँ खर्च भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: