वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दियाको पेरहनीमा आगलागी हुँदा दुई गोठ जलेर नस्ट

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, चैत्र २४, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
ठाकुरबाबा नगरपालिका-२, पेरहनिमा आगलागि हुँदा दुई वटा गोठ जलेर नस्ट भएको छ । बिहान करिब नौ बजेतिर मन्ता थारुको घरबाट सल्कीएको आगोले बन्द्रु थारुको गोठ समेत जलेको छ । आागलागिबाट गोठमा रहेको पराल र बगुंर जलेको छ ।
साना बालबालिकाले चना पोेलेर खानेक्रममा आगो लागेको स्थानियले बताएका छन । स्थानियबासी र इलाका प्रहरी कार्यालय भुरीगाँउको सहयोगमा १० बजे आगो नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्: