वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

नदीमा पौडी खेल्दै सेल्फी लिन लाग्दा युवक वेपत्ता

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, चैत्र २३, २०७३ ।    

राजापुर, बर्दिया ।
बर्दियाको राजापुरस्थित कर्णाली नदीमा नुहाउने क्रममा १६ बर्षिय बालक बेपत्ता भएका छन् ।
बर्दियाको राजापुर र कैलालीको सत्तीघाटलाई जोड्ने कर्णाली पुलमा नुहाउदै गरेको फोटो (सेल्फी) खिच्दै गर्दा पानीमा खसेर राजापुर ११ बस्ने रुपेश श्रेष्ठ बेपत्ता भएका हुन् । आज दिउँसो साढे १ बजेतिर साथीसँगै छोरो घरबाट निस्केको बालकको बुवा राजु श्रेष्ठले बताएका छन् । उनी श्रेष्ठका जेठा छोरा हुन।
बालक नदिमा खसेको खबर पाउना साथ आफुहरु घटनास्थलमा खटिएको ईलाका प्रहरीका प्रहरी सहायक निरिक्षक बलबहादुर थापाले बताउनुभयो । अहिले ईलाका प्रहरीका प्रहरी सहायक निरिक्षक बलबहादुर थापा र शसस्त्र प्रहरीबल राजापुरका सहायक निरिक्षक मानबहादुर चौधरीको नेतृत्वमा खटाइएको टोलीले बेपत्ता बालकको खोजीकार्य गरिरहेको र अहिलेसम्म फेला पार्न नसकेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्: