वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

आज चैते दशैं : बागेश्वरी मन्दिरमा पुजाआजा गर्नेहरुको ठुलो भिड

        भगतराम थारु   |   प्रकाशित मिति: मङ्लबार, चैत्र २२, २०७३ ।    

नेपालगन्ज, बाँके।
आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । बाँके, बर्दियासहित देशभरका हिन्दु धर्मावलम्वीहरुले माता दुर्गा भवानीको पुजाआजा गरी चैते दशैं मनाउँदैछन् ।

चैते दशैको अवसरमा मंगलवार विहानैदेखी यस क्षेत्रको सबै भन्दा ठूलो शक्तिपिठ बागेश्वरी मन्दिरमा बलि दिन र पुजाआजा गर्नेहरुको भिड लागेको छ ।आजको दिनमा देवीलाइ भाकल गरेको बोका , भाले,राँगा जस्ता पशुहरुलाइ बली दिने गरिन्छ । साकाहारीहरुले भने कुपिन्डो , नरिवल चढाउने गरेको हिन्दुधर्मका उल्लेख छ । दशैंको अवसरमा आज देवीको पूजा उपासना गर्दै चैते दशैं मनाईंदै छ ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भनिन्छ । आज घरघरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको विशेष महत्व रहेको शास्त्रमा वर्णित छ । चैते दसैंको दिन बाँकेको बागेश्वरी , सुर्खेतको देउती बज्यै , लगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । स्थानिय वागेश्वरी मन्दिरमा आज विहानै देखि दर्शालुहरुको भिडले प्रहरी प्रशासन समेत परिचालित गरिएको छ । बागेश्वरी मन्दिर जाने बाटोमा मोटरसाईकल साईकल चल्न दिइएको छैन । लाम वद्ध रुपले दर्शनार्थीहरु लार्ईनमा वसालेर पुजा आज गर्ने व्यवस्था मन्दिर व्यवस्थापनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: