वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

एशियन लाइफ इन्स्योरेन्सद्वारा रक्तदान, ५२ जनाले गरे दान

        बअ सम्बाददाता   |   प्रकाशित मितिः आइतवार, चैत्र २०, २०७३     ::: 288 पटक पढिएको   |  

गुलरिया, बर्दिया।
एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले गुलरियामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।
कम्पनि १० औं वर्षमा प्रवेश गरेको अवसर पारि नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र गुलरियाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा कम्पनिका अभिकर्ता,विमाकर्ता,पत्रकार,व्यापारी लगायत ५२ जना दाताले रक्तदान गरेको आयोजकले जनाएको छ ।
संकलित रगत भेरि अञ्चल अस्पताल नेपालगंजमा रहेको रक्तसंचार केन्द्रमा राखिने र कम्पनिका शाखा,उपशाखाको सिफारिसमा रगत आवश्यक पर्ने विरामीलाई उपलव्ध गराइने इन्चार्ज भण्डारीले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्