वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

ज्योति विकास बैंकमा गाभिँदै राप्ती-भेरी विकास बैंक

        बअ सम्बाददाता   |   प्रकाशित मितिः बुधबार, चैत्र १६, २०७३     ::: 278 पटक पढिएको   |  

काठमाण्डौ ।
ज्योति विकास बैंकले राप्तीभेरी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलादीमा मंगलबार प्राप्तिसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा राप्तीभेरी विकास बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर भण्डारीले हस्ताक्षर गरेका छन् ।


ज्योति विकास बैंकको हालको चुक्ता पुँजी एक अर्ब १० करोड ४३ लाख छ भने बैंक १ः१ को हकप्रद सेयर जारी प्रक्रियामा छ । त्यस्तै, राप्तीभेरी विकास बैंकको चुक्ता पुँजी १४ करोड ३७ लाख छ भने यस वर्षको मुनाफाबाट बोनस सेयर जारी गर्ने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।
प्राप्तिपछि ज्योति विकास बैंकको कुल चुक्ता पुँजी दुई अर्ब ३५ करोड पुग्नेछ भने चालु आर्थिक वर्ष ०७३÷७४ को मुनाफाबाट वितरण हुने बोनस सेयर पछि ज्योति विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ५० करोड नाघ्ने बैंकले जनाएको छ ।
साथै, राप्तीभेरी विकास बैंकको प्राप्तिपछि ज्योति विकास बैंकको कुल निक्षेप रकम १० अर्ब रुपैयाँ, कर्जा रकम नौ अर्ब रुपैयाँ नाघ्नेछ । यसका साथै बैंकको शाखा सञ्जाल ३४ पुग्नेछ । ज्योति विकास बैंकले यसअघि झिमु्रक विकास बैंकसँग मर्जर पक्रिया सम्पन्न गरी एकीकृत रूपमा कार्य सञ्चालन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्