वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

नेपालगन्जमा शेयर खरिद बिक्री शुरु

        दिनेश ठाकुर   |   प्रकाशित मिति: सोमवार, चैत्र १४, २०७३ ।    

नेपालगन्ज ।
धितोपत्रको दोश्रो बजारमा हुने कारोबार अबदेखि नेपालगंजबाट नै प्रत्यक्ष रुपमा गर्न सकिने कालिका सेक्युरिटिज प्रालिका प्रबन्ध संचालक नरेन्द्र राज सितापतिले पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।
नेपालगंजबाट शेयर खरीद तथा बिक्री सेवा आईतबारदेखि विधिवत नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएका कम्पनीहरुको मात्र शेयर खरिद तथा बिक्री गर्न सकिने संचालक सिजापतिले बताए ।
धितोपत्र व्यवसायिको वर्षौदेखिको माग नेपाल सरकारबाट पारित पुजि बजार सम्बन्धि रणनीति योजना, लगानीकर्ताको माग, प्रविधिमा भएको परिवर्तनले कारोबारमा आएको सहजता, धितोपत्र बोर्डको बजार बिस्तार र विकास प्रति आक्रमक कार्ययोजना, नेपाल स्टक एक्सचेन्ज लि.को बजार विकास र बिस्तार गर्ने कार्य आइतवारदेखि सम्भव भएको बताए ।
उनले नेपाल स्टक एक्सचेन्ज लि.को विगत एक वर्षदेखि ब्रोकरको शाखा बिस्तार गर्ने निरन्तर प्रयास सफल भएको बताए ।
उनले भने,–“शेयर खरिद तथा बिक्री कायगर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त गरि नेपाल स्टक एक्सचेन्ज लि.बाट सदस्यता प्राप्त गर्नु पर्ने हुन्छ जसलाई धितोपत्र दलाल व्यवसायी भनिने तथा यो कारोबार राजधानीको काठमाण्डौमा मात्र सीमित थियो ।”
उनले कारोबार संचालनसंगै ‘जनताको निश्क्रिय रुपमा छरिएर रहेको पूंजिको परिचालन गरि उद्यमशीलताको विकास, रोजगारीको सृजना गरी आर्थिक विकास गर्न सहयोग हुने पत्रकार सम्मेलनमा बताए ।
मध्यपश्चिम तथा सुदुर परिश्चमको व्यापारिक केन्द्र बिन्दु नेपालगंजमा शेयर ब्रोकर नं. ४६ को शाखा बिस्तारसंगै यस क्षेत्रका उद्योगी, व्यापारी, कर्मचारी तथा सर्वसाधारण सबै उत्साहित भएको प्रबन्ध संचालक सितापतिले बताए ।

प्रतिक्रिया दिनुहोस्: