वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

भारतले दशगजामा खनेको कुलो नेपाली शसस्त्रले यसरी पुर्न लगायो (भिडियो सहित)

        प्रेम बुढा   |   प्रकाशित मितिः बिहिबार, चैत्र १०, २०७३     ::: 13893 पटक पढिएको   |  


मधुवन, बर्दिया ।
बर्दियाको मधुवन नगरपालिका —५ मा पर्ने नेपाल भारतको सिमा दशगजामा भारतिय वन विभागका कर्मचारीले कुलो खनेपछि शसस्त्र सिमा सुरक्षा बल सानोश्रीले विहिबार उक्त कुलो पुर्न लगाएको छ ।
कतर्निया बन्यजन्तु आरक्ष भारतका कर्मचारीले सिमा स्तम्भ ७५/७६ को बिचमा आज विहान स्काभेटरले झण्डै २० मिटर लामो कुलो खनेका थिए ।
कुलो खनिरहेको खबर पाए लगत्तै प्रहरी निरिक्षक भुपेन्द्र पालको नेतृत्वमा खटिएको शसस्त्र प्रहरीको टोलीले सिमा रेखामा दुबै देशले कुनै गतिवधि गर्न नपाउने भन्दै प्रतिकार गरेको थियो ।
‘उनिहरुले खनिरहेको भुभाग भारत तिर पर्ने दावी गरेका थिए’ प्रहरी निरिक्षक पालले भन्नु भयो ‘सिमा स्तम्भबाट ९ मिटर भित्र पर्ने नपर्ने अन्यौल भए पछि हामीले खाल्डो पुर्न लगाएका हौ ।’
अन्तराष्ट्रिय कानुनले दशगजा भित्र यस्ता कुनै पनि कार्य गर्न पाईदैन ।

यता बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले यस विषयमा आफुलाई कुनै जानकारी नआएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: