वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

शहीद गौतमको परिवारलाई दामोदरप्रसाद अधिकारीद्वारा जग्गादान

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शनिबार, चैत्र ५, २०७३     ::: 485 पटक पढिएको   |  

गुलरिया, बर्दिया ।
बर्दियाको गुलरियाका दामोदरप्रसाद अधिकारीले शहीद गोविन्द गौतमका परिवारलाई १२ धुर जग्गा प्रदान गर्नुभएको छ । कञ्चनपुरमा भारतीय एसएसबीको गोली लागेर ज्यान गुमाएका गौतमको परिवारलाई नेपाली सेनाका पूर्व सुवेदार अधिकारीले शुक्रबार नगद र जग्गा सहयोग गर्नुभएको हो ।
देशका लागि ज्यान अर्पण गर्ने सहिदका परिवारको सम्मानार्थ थोरै भए पनि आफूले पाउने निवृत्तिभरबापतको एक महिनाको तलब १५ हजार रुपैयाँ र जग्गा प्रदान गरिएको अधिकारीले बताउनुभयो ।
बाइसेविचवा गाविस ९ स्थित लालझाडी बजारमा रहेको सिटी प्लानिङमा दर्ता रहेको कित्ता नं ६५९ मध्येबाट १७५ वर्ग मिटर (१२ धुर) जग्गा दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापालाई जग्गाको लालपुर्जा र हस्तान्तरण गर्दै अधिकारीले भन्नुभयो, सहिद गौतमले दिएको बलिदान अतुलनीय छ, यो बलिदानप्रति मेरो धेरै श्रद्धा जागेर आयो र मैले थोरै मात्र भए पनि सहयोग गरेको हुँ ।

प्रतिक्रिया दिनुहोस्