वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

एमालेको मेची–महाकाली अभियान बर्दियामा, हजारौं सहभागी उपस्थीत

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, चैत्र १, २०७३ ।    

गुलरिया, बर्दिया ।
एमालेले मेची-महाकाली राष्ट्रिय अभियान अन्तर्गत मंगलबार दिउँसो बर्दियाको सदरमुकाम गुलरियामा आईपुगेको छ । बाँकेको कार्यक्रम सकाएर अभियान टोली गुलरिया आई पुगेको हो ।

सदरमुकाम स्थित टाउन हल (धरम भकारी चौरको मैदान) मा कार्यक्रम चली रहेको छ । कार्यक्रमका लागि सुरक्षाको व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि नेपालगन्जबाट थप जनशक्ति झिकाइएको प्रहरी उपरीक्षक भरत बोहोराले जानकारी दिनु भयो । अभियानमा आएका नेतृत्व मंगलबार गुलरियामा बस्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: