वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

सीमा क्षेत्रमा झडप, एसएसबीको गोली लागेर कञ्चनपुरमा गोविन्द गौतमको निधन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन २६, २०७३ ।    

कञ्चनपुर।

कञ्चनपुरको नेपाल–भारत सीमा क्षेत्र आनन्दबजारमा प्रदर्शन गरिरहेका नेपालीमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबीले गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ ।
आनन्दबजारको दशगजा क्षेत्रमा एसएसबीको ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका नेपाली नागरिकमाथि एसएसबीले गोली चलाएको हो ।
गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भएको छ । कम्मरमा गोली लागेर गम्भीर घाइते भएका उनलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्‍याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।
आनन्दबजारबाट धनगढी २० किलोमिटरको दूरीमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्: