वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

बर्दियाको सिर्जना सहकारीले गर्यो जेष्ठ नारीहरुलाई सम्मान

        सुदीप अधिकारी   |   प्रकाशित मितिः बुधबार, फाल्गुन २५, २०७३     ::: 432 पटक पढिएको   |  

बबई नगरपालिका,बर्दिया ।
१०७ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बबई नगरपालिका ६ बर्गदास्थित सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जेष्ठ नारीहरुलाई सम्मान गरेको छ ।
६० वर्ष नाघेका सहकारीका ५० जना महिला सदस्यहरुलाई दोसल्ला ओढाएर र फलफुल वितरण गरी सम्मान गरेको संस्थाका व्यवस्थापक हरिहर पौडेलले जानकारी दिए । सहकारीको सामाजिक दायित्व निर्वाह गर्न सम्मान कार्यक्रम आयोजना गरिएको व्यवस्थापक पौडेलले बताए ।


सम्मान कार्यक्रममा उपस्थित महिलाहरुले मध्ये २० जनाले सहकारीले संचालन गरेको बृद्ध बचत खातासमेत खोलेको सहकारी संस्थाले जनाएको छ । बृद्ध बचत खाता खोल्ने बृद्ध महिलाहरुलाई चैत महिनामा तिर्थाटन गराउने कार्यक्रम रहको संस्थाका अध्यक्ष दामोदर अधिकारीले बताए ।
नेपाल बचत तथा ऋण सहकारी संस्था (नेफस्कुन)ले यो सहकारीलाई प्रदेश नं ५ को उत्कृष्ठ सहकारी संस्था घोषणा गरिसकेको छ । करिव २ हजार ५ सय शेयर सदस्य रहेको यो संस्थाको कुल पुजी ७ करोड रहको छ ।
नारी दिवसकै अवसरमा बबई नगरपालिका १ भुरिगाउँ बजारमा रहेको नारी शक्ति एकता केन्द्रले पनि विविध कार्यक्रम गरि नारी दिवस मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: