वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

माओवादी केन्द्रको प्रथम राजापुर नगर सम्मेलन सम्पन्न

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन २४, २०७३ ।    

राजापुर,बर्दिया ।
बर्दिय्दाको राजापुरमा ‘संसारका मजदुर एक हौँ, माक्सवाद लेलिनवाद, माओवाद जिन्दावाद, राष्ट्रिय स्वाधिनता संघिय गणतन्त्र र संविधान कार्यन्वयनका लागी हाम्रो आन्दोलन समावेशी र समृद्ध राजापुर नगरपालिकाको गाउँ नगर घरघर जाउँ माओवादी केन्द्रलाई विजय गराउँ’ भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रको प्रथम नगर सम्मेलन राजापुरको कालिका चलचित्र हलमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका नगर अध्यक्ष रामबहादुर थारुको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथिती पुर्व राज्य मन्त्री एवम पोलिट ब्युरो सदस्य विष्णु प्रसाद थारु रहनु भएको थियो । अतिथीहरुमा नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका केन्द्रिय सदस्य दुर्गा थारु (कवीर), शिव प्रसाद थारु (प्रतीक), दिपेश थारु (राजेश ),सुरेश भुल, शान्तिी थारु लगाएत नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रमा आवद्ध भएका भातृ संगठनका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । प्रथम नगर सम्मेलनले राम व थारुको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । उपाध्क्षमा चिन्तामणि आचार्य, सचिव वालकृष्ण थारु, कोषाध्यक्ष मीना आचार्य र सहसचिव त्रिलोचन सिहं सहित १० मनोनित गर्ने गरी ४५ सदस्सीय समितिको चयन गरेको छ । सम्मेलनका अध्यक्ष थारुले कार्य समितिका सदस्य तथा कार्यकर्ताहरुलाई धन्यवाद दिदै विगत देखि नै क्षेत्र नं ४ को पहिलो पाटी माओवादी केन्द्रलाई भोलिको दिन पनि पहिलो पाटी नै वनाउन आफू मरेर पनि पाटिलाई पहिलो वनाएरै छाड्न सवै कार्यकर्ताहरुलाई सक्रियताका साथ लाग्न आग्रह गर्नु भएको छ । आज सम्पन्न सम्मेलनमा नेपाली काङाग्रेशबाट महावीर थारु, अन्जु दहित, वल्लुराम थारु, अपर्णा थारु कलावती थारु, कृपा राम कणेल, तुला राम ढुङगाना, राप्रपा बाट शुरेन्द्र थारु, साहदेव थारु, कौशिला परियार र नेकपा एमाले बाट डाइवरु थारुले नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: