वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बर्दियाको सोनपुरमा थारु देउथन्वाको उद्घाटन

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, फाल्गुन २४, २०७३ ।    

राजापुर, बर्दिया ।
राजापुर नगरपालिका अन्तरगत सोनपुरमा थारु देउथन्वाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । थरुहट तराई पाटीका केन्द्रिय अध्यक्ष भानुराम थारु र थरुहट तराई पाटीका बरिष्ठ नेता एबम क्षेत्र न. ४ का सासंद गोपाल दहितले संयुक्त रुपमा थारु जातीको रितिरिवाज अनुसार पुजापाठ गरी नव निर्मित देउथानको उद्घाटन गर्नु भएको हो ।

देउथान सांसद विकास कोषको २ लाख रुपियाको लागतमा निर्माण सम्पन्न भएको कार्यक्रममा जनाईएको थियो । उद्घाटन कार्यक्रमका अन्य अथितीहरुमा थरुहट तराई पाटीका केन्द्रिय सचिव एन.आर चौधरी, जिल्ला पाटी कार्यालय बर्दियाका कमिटी सदस्य, स्थानिय बडघर, स्थानिय बुद्धीजीवी, जेष्ठ नागरिक, पत्रकार,लगाएत स्थानियबासीहरुको उपस्थिती रहेको थियो । उद्घाटन समारोहमा स्वागत मन्तव्य दिदै अहिले बन्ने सविंधान संशोधनको विषय अन्यौलमा राखी स्थानिय तहको निर्वाचनको मिती घोषणा गरेकोले देश र जनताका हक हितको वेवास्ता गरी रहेकोले समग्र जनताहरुले आफ्नो अधिकारका लागि जनआन्दोलन गर्नु पर्ने त्यसको नेतृत्व थरुहट तराई पाटी र मधेसी मोर्चाले गर्ने थरुहट तराई पाटीका केन्द्रिय सचिव एन. आर चौधरीले बताउनु भएको छ ।

त्यस्तै कार्यक्रमका विशेष अथिती रहेका थरुहट तराई पाटीका बरिष्ठ नेता एबम क्षेत्र न. ४ का सासंद गोपाल दहितले तराईका जिल्लाहरुमा थारु जातीको बाहुल्यता भएकोले सांसद विकास कोषको रकमबाट ठाँउ ठाउमा थारु देउथान निर्माणका लागी आफुले निरन्तर पहल गर्ने र हरेक देउथानमा थारु जातीको मात्र पहुच नभएर यस देशका सबै जातीहरुले पुजापाठ गर्न मिल्ने बातावरण बनाउने बताउनु भएको छ । त्यसैगरी मुस्लिम, दलित, र अन्य जनजातीहरुको लागी पनि ती जातीय रितिरिवाज अनुसारको मठ,मन्दिर बनाउन आफुले सक्दो सहयोग गर्ने दहितको भनाई छ ।

थारु जातीको कला संस्कृतीको लागी स्थानियबासीहरुले पनि सक्रिय भई सहयोग गर्नुपर्ने र देउथानलाई पर्यटन प्रबर्धन गरी थारु जातीको कला सस्कृतीको विकास गर्न सकिने समेत बताउनु भएको छ । प्रमुख अतिथिको आसनबाट वोल्दै थारुले देशमा शोषक शामन्ति र ठुला पाटी भनाउदाहरुको हालिमुहालिले गर्दा शोझा साझा जनताले हक अधिकारको प्रत्याभुति गर्न नपाएको, वोलि र व्यवहार फरक भएको वताउनु भएको छ । कार्यक्रमका सभापति थरुहट तराई पाटी जिल्ला कार्यलयका अध्यक्ष मोतीलाल चौधरीले पनि आफ्नो हक र अधिकारका लागी सबै जनताहरु एकजुट भई लाग्नुपर्ने र स्थानिय क्षेत्रमा मठ मन्दिर र देउथान निर्माणका लागी २० ओटा योजना छनोट गरी केन्द्रमा आफुहरुले पठाई सकेको बताउनु भएको छ भने कार्यक्रम सञ्चालन थरुहट तराई पाटीका जिल्ला सचिव महादेव चौधरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: