वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

जिल्लास्तरिय सहकारी कर्मचारी संजालको अध्यक्षमा माधव पोख्रेल चयन

        बअ सम्बाददाता   |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३     ::: 1041 पटक पढिएको   |  

बगनाहा,बर्दिया ।
जिल्ला स्तरिय सहकारी कर्मचारी संजाल बर्दिया गठन भएको छ । जिल्ला सहकारी संघका प्रबन्धक माधव पोख्रेलको अध्यक्षतामा ९ सदस्यिय समिती गठन भएको हो ।
सदरमुकाम गुलरीयामा भएको जिल्लभरीका क्षेत्र अनुसारका ३५ वटा सहकारी संस्थाका प्रतिनिधीले पोख्रेलको अध्यक्षतामा कार्य समिती गठन गरेको बताईएको छ । यसैगरी नर बहादुर बोहोराको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समिती समेत गठन गरीएको छ ।
बर्दिया जिल्लाभरीका सहकारी कर्मचारीहरुको निरन्तरता, स्वतन्त्रता र सुनिश्चतताका लागि समिती गठन गरीएको र अब छिट्टै दर्ता प्रकृयामा लैजाने समेत बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्