वि.सं.   मङ्लबार, मंसिर ५, २०७४   तदनुसार  21 November 2017

हुलाकी सडक आयोजना भन्छ- सडकको सर्भे अन्तिम चरणमा, एकसाता भित्र निर्माण शुरु गरिने

भुरिगाउँ-गुलरिया हुलाकी सडक नबन्ने हो की भन्ने स्थानियवासीको चिन्ता !

        भावुक योगी   |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन २४, २०७३     ::: 1903 पटक पढिएको   |  

बगनाहा, बर्दिया ।
स्तरोन्नतीको क्रममा अलपत्र हुलाकी राजमार्ग अन्र्तगत पर्ने बर्दियाको मुर्तिहा–गुलरिया–भुरिगाउँ सडक खण्डको कन्स्ट्रक्सन सर्भे अन्तिम चरणमा पुगेको छ ।
फागुन पहिलो सातावाट भुरिगाउ देखि शुरु गरिएको संयुक्त कन्स्ट्रक्सन सर्भे अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना नेपालगंजले जनाएको छ ।
हाल सडक शिलान्यास भएको करिव डेढ महिना वित्न लाग्दा समेत निर्माणको काम शुरु नहुँदा स्थानियवासीहरुले समयमै सडक निर्माण हुनेमा आसंका व्यक्त गरेका छन । तर हुलाकी राजमार्ग आयोजनाले भने सडक समयमै सम्पन्न हुने दावी गरेको छ ।

आयोजना प्रमुख सुमन योगेसले निर्माण कार्य अढाई बर्ष भित्रमै सम्पन्न हुने बताउँदै ‘सडकको मापदण्ड अनुसार परिमाणमा हुने परिवर्तनको भेरीफिकेसन गर्न गरिएको कन्स्ट्रक्सन सर्भेको काम सकीदै सर्भे सकिएको एकसाता भित्रै ठेकेदारले काम शुरु गर्ने बताउनुभयो ।

भुरिगाउँ देखि सानोश्री सम्मको सर्भे सकीएकोले अव करिव १० किलोमिटर मात्रै सर्भेको काम बाँकी रहेको उहाँको भनाई छ । त्यस्तै हुलाकी सडक अन्तगर्त पर्ने सर्यु नदीमा पक्कि पुल निर्माणको काम शुरु भईसकेको उहाँले जानकारी दिनुभयो ।

भुरिगाउँ गुलरिया हुलाकी सडक नबन्ने हो की भन्ने स्थानियवासीको चिन्ता

बर्दियाको भुरिगाउँ गुलरिया हुलाकी सडक शिलन्यास हुँदा स्थानियबासी निकै खुशी भएका थिए । तर, शिलन्यास भएको डेढ महिना पुगी सक्दा पनि सडक निर्माणको काम सुरु नहुँदा स्थानियबासी सडक नबन्ने हो की भन्ने आशंका गर्न थालेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले डेढ महिना अघि माघ ८ गते बर्दियामा हुलाकी सडकको शिलन्यास गर्नु भएको थियो । शिलन्यास भएको एक साता भित्रै निमार्ण कार्य सुरु हुने मन्त्री लेखकले आश्वासन समेत दिनु भएको थियो । तर एक महिना भईसक्दा पनि मन्त्रीको आश्वासन पुरा हुन सकेको छैन ।
भुरीगाउँ गुलरीया र राजापुर बेलुवा चोक सम्मको सडक साढे २ वर्ष भित्र कालोपत्रे गरिसक्ने आयोजनाको लक्ष्य छ । तर, समयमै काम सुरु नहुँदा निर्धारित समयमा काम सम्पन्न नहुने लगभग निश्चित छ । शिलन्यास भएको डेढ महिना बित्दा पनि सर्भे थालेको छ निमार्णको कुनै सुरसार नै छैन ।
आयोजनाले जहीले पनि अबको दुई हप्तामा सुरु हुन्छ भन्न थालेको चार पटक भैसक्यो तर काम सुरु भएको छैन ।
सडक निमार्णको ढिलाईका सम्बन्धमा हुलाकी सडक आयोजना प्रमुख सुमन योगेससँग प्रतिक्रिया लिँदा सडकको सम्पुर्ण सम्झौता भएर प्रकृया अघि बढी सकेको र अहिले सडक सर्भेको काम भईरहेकाले सर्भेको काम सकेर चैत पहिलो साता भित्रै सडक निर्माणको काम सुरु हुने बताउनुभयो ।
भुरिगाउँ गुलरिया हँुदै मुर्तिहा सम्मको साढे ३५ किलोमिटर सडक समयमै निमार्ण कार्य सुरु नहुँदा बबई नगरपालिका सहित शिवपुर, ठाकुरद्धारा, सुर्यपटुवा, ढोढरी गाविस सहित सानोश्रीताराताल र राजापुर क्षेत्रका स्थानियबासीहरु खाल्डाखुल्डी सडकमा जोखिम र झण्झटिलो यात्रा गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्: