वि.सं.   मङ्लबार, मंसिर ५, २०७४   तदनुसार  21 November 2017

वृहत निशुल्क स्वास्थ्य शिवीर ठाकुरद्धारामा सम्पन्न: ३ हजारको जाँच

        भावुक योगी   |   प्रकाशित मितिः बुधबार, फाल्गुन १८, २०७३     ::: 420 पटक पढिएको   |  

भुरिगाउँ, बर्दिया।
बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसर ठाकुरद्वारामा विभिन्न रोगका विरामीहरुका लागि निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
निकुञ्ज आसपासका स्थानियका लागि विभिन्न रोगका बिरामीहरुलाई स्वास्थ्य परिक्षण गराई सेवा दिन बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरीएको निकुञ्जले जनाएको छ ।
नेपाल मेडिकल काउन्सील, भेरी अञ्चल शाखा संगको सहकार्य तथा विभिन्न संघ संस्थाको सहयोगमा बर्दिया निकुञ्जले संरक्षण अभियानमा लागेकाहरुलाई स्वास्थ्य जाँच एवं उपचार दिने उदेश्यले स्वास्थ्य शिवीरको आयोजना गरीएको हो ।
शिवीरमा दाँत रोग, आँखा रोग, नाक, कान, घाँटी रोग, हाड जोर्नी तथा नशा रोग, बाल रोग, स्त्री रोग छाला रोग, यौन रोग लगायतका झण्डै ३ हजार विरामीहरुको जाँच उपचार गरीएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: