वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बर्दियाका विभिन्न क्याम्पसहरुमा स्ववियु निर्वाचनका लागि उमेद्वारी दर्ता

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शनिबार, फाल्गुन १४, २०७३     ::: 1318 पटक पढिएको   |  

भुरिगाउँ, बर्दिया ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि ववइ नगरपालिकाको मनुषा टिकासिंह थापा वहुमुखी क्याम्पस ,भुरिगाउमा आइतवार उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ ।

उम्मेदवारी दर्ता कार्यक्रम अन्तरगत ने.वि.संघको तर्फवाट खेमराज ढकालको अध्यक्षतामा ८ जना र संयुक्त प्यानलको तर्फवाट जीवन रीजालको अध्यक्षतामा ८ जना गरि जम्मा १६ जनाको विभिन्न पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृत नन्दाराम अधिकारीले जानकारी दिनु भयो ।

यसैविच स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अन्तरगत चुरे क्याम्पस वगनाहाको कोषाध्यक्ष पदमा ने.वि.संघकी अन्जु थारु निर्वीरोध चयन हुनु भएको छ । संयुक्त प्यानलको तर्फवाट उम्मेदवार रहेका असिम विक्रम शाहले उम्मेदवारी फिर्ता लिएपछि ने.वि.संघका अन्जु थारु निर्विरोध भएको निर्वाचन अधिकृत लीलाराम खनालले जानकारी दिनु भयो ।

१५ फागुन २०७३ मा अध्यावधिक गरिएको । 

………

बगनाहा, बर्दिया ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि शनिवार वर्दिया जिल्लाका विभिन्न क्याम्पसहरुमा उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ ।


फाल्गुण १८ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि वर्दिया जिल्लाको बबई बहुमुखी क्याम्पस गुलरिया, अमरसहिद वहुमुखी क्याम्पस राजापुर, चुरे क्याम्पस बगनाहा र बाँसगढी बहुमुखी क्याम्पस र बर्दिया बहुमुखी क्याम्पस ककौरामा विभिन्न विद्यार्थी संगठनहरुले शनिवार उम्मेदवारी दर्ता गराएका छन ।

उम्मेदवारी दर्ता कार्यक्रम अन्तरगत बबई नगरपालिकाको चुरे क्याम्पस बगनाहामा अनेरास्ववियू, अनेरास्ववियू(क्रान्तीकारी) र राष्टिय प्रजातान्त्रीक विद्यार्थी संगठनको संयुक्त प्यानलको तर्फवाट रक्तरन्जित देवकोटाको अध्यक्षतामा ९ जना र नेपाल विद्यार्थी संघको तर्फवाट नगेन्द्र हमालको अध्यक्षतामा ९ जना गरि जम्मा १८ जनाको विभिन्न पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृत लीलाराम खनालले जानकारी दिनु भयो ।

 

संयुक्त प्यानलको तर्फबाट सचिवमा आरती कुश्मा थारु, कोषध्यक्षमा असिम विक्रम शाह, सदस्यहरुमा उषा रिजाल, कौशिला आचार्य, सौगात श्रेष्ठ, मीरा कुमारी थारु, शिव कुमार थारु र राज कुमारी थारुको उम्मेदवारी परेको छ ।

यस्तै राजापुरबाट हाम्रा सहकर्मी मिन अधिकारीका अनुसार अमर शहिद बहहुमुखी क्याम्पस राजापुरमा ने वि संघ र थरुहट तराई वियुले आआफने उम्मेदवारी दर्ता गरेका छन भने अनेरास्वबियु र अखिल क्रन्तिकारीले संयुतरुपमा उम्मेदवारी दर्ता गरेका हुन ।

ने वि संघबाट सभपतिमा दिलिप रत्गैया, अखिल क्रान्तिकारीबाट गणेश चौधरी, थरुहट तराइबाट रिसमान चौधरी, सचिवमा नेवीसंघबाट जिवनराज सुवेदी, अ नेरा स्व वियुबाट गिता थारु, थरुहटबाट रेशमलाल चौधरी,  कोषाध्यक्षमा नेवि संघबाट अर्पणा चौधरी, अखिल क्रान्तिकाीबाट अनिता चौलागाई, थरुहट तराई वियुबाट मिरा दहित रहनुभएको छ भने प्रत्यक्ष सदस्य ६सिटका लागी तिन ओटा संगठनबाट १८ जना बिधार्थीको उम्मेदवारी दर्ता गरीयको छ । राजापुर क्षेत्रमा रहेको एकमात्र  २०६५ सालमा स्थापना भएको क्याम्पसले पहिले पटक  स्व. वि. यु. निर्वाचन ग्रर्न लागेको हो । यस अमर शहिद बहुमुखी क्याम्पस ३३१  जना विधार्थिले मतदान र्गन पउने भऐका छन निर्वाचनको तयारी  भईरहेको क्याम्पस प्रमुख अनिलदत चौधरीले बताउनु भएको छ ।

बबई नगरपालिकामैं रहेको अर्को क्याम्पस मनुषा टिकासिंह थापा वहुमुखी क्याम्पस ,भुरिगाउमा भने आइतवार उम्मेदवारी दर्ता गरिने वताइएको छ, भने देशका विभिन्न क्याम्पसमा विद्यार्थी संगठन विचको विवादका कारण शनिबार उम्मेदवारी दर्ता हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्