वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

अतिक्रमणले खैरापुरस्थित कृष्णसार संकटमा: ६० हेक्टर क्षेत्रफल अतिक्रमण

        यादब आचार्य   |   प्रकाशित मितिः बुधबार, फाल्गुन ११, २०७३     ::: 1398 पटक पढिएको   |  

गुलरिया,बर्दिया ।
नेपालबाटै लोप हुन लागेपछि वन्यजन्तु ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सुचिमा सुचिकृत गरेको एन्टीलोप प्रजातीका कृष्णसारको वासस्थान अतिक्रमणमा पर्दा र्दुलभ वन्यजन्तुहरु समस्यामा परेका छन् । २०२६ साल देखि ऐलानी जग्गाको रुपमा वसोवास गर्दै आएका सुकुम्वासीहरुले घर टहरा निर्माण गर्दै खेतीपाती गर्न थालेपछि ६० हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको हो ।

सरकारले २०६५ साल देखि बर्दियाको गुलरिया नगरपालिका स्थित खैरापुरमा रहेको कृष्णसारको प्राकृतिक वासस्थानलाई संरक्षण क्षेत्र घोषणा गरी संरक्षण गर्न थालेको हो । तराईको एकमात्र संरक्षण क्षेत्रको रुपमा रहेको कृष्णसार संरक्षण क्षेत्र १६ दशमलव ९५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । कुल क्षेत्रफल मध्ये ५ दशमलव २७ वर्ग कि.मि. कृष्णसारको वासस्थान क्षेत्र रहेको प्रमुख संरक्षण अधिकृत पुरुषोत्तम शर्माले वताए । उनले भने ११ दशमलव ६८ वर्ग कि.मि.आवादी क्षेत्र हो ।

हाल खैरापुरको प्राकृतिक वासस्थानमा ६१ वटा भाले १ सय ४९ पोथी गरी २ सय १० वटा कृष्णसार ।

समुन्द्री सतहबाट १ सय ५२ मिटरको उचाईमा रहेको संरक्षण क्षेत्रले गुलरिया नगरपालिकाको ४ वटा वार्ड समेटेको छ । कृष्णसार संरक्षण क्षेत्र भित्र ९३ वटा घर पूरानो ऐलानी वस्ती र ४९ वटा घर सुकुम्वासी वस्ती गरी १ सय ४२ घर वनेका छन् । उनले थपे २०२८ साल देखि पूरानो वस्ती र २०४६ साल देखि सुकुम्वासीहरुले संरक्षण क्षेत्र अतिक्रमण गरेका हुन् । करिव एघार विगाहा क्षेत्रफल नम्वरी रहेकाले मुअव्जा दिनु पर्ने देखिन्छ ।
सरकारले कृष्णसार संरक्षण क्षेत्र भित्र अतिक्रमण गरी वसेका हरुलाई पुर्नस्थापन गर्ने निर्णय गरेको भएपनि हालसम्म वस्तीहरु पुर्नस्थापन गर्न नसक्दा अतिक्रमण नहटेको हो । उनले भने सुकुम्वासीलाई १० धुर र पुरानो वस्तीलाई ३ कठ्ठा जग्गा उपलव्ध गराई पुर्नस्थापन गर्ने प्रकृयामा रहेपनि अझै त्यसको शुरुवात गर्न सकेका छैनौ । पुर्नस्थापन वापत आएको ६० लाख रुपैया घरवास उठाउने खर्च वापत दिईने वताईएको छ ।

कृष्णसार संरक्षण क्षेत्रको तारवार वाहिरको केही जग्गा, बर्दिया राष्ट्रिय निकुञ्जले खरिद गरेको जग्गा र जंगल क्षेत्रको खाली जग्गा उपलव्ध गराई पुर्नस्थापन गर्ने कार्यक्रम रहेको कृष्णसार संरक्षण कार्यालयले जनाएको छ । संरक्षण क्षेत्रमा अतिक्रमणको चरम समस्या रहेकोले यसले कृष्णसारको चरिचरन, वाह्य रोग लगायतका समस्या पर्ने गरेको पाईन्छ । हाल बर्दिया स्थित खैरापुरको प्राकृतिक वासस्थानमा ६१ वटा भाले १ सय ४९ पोथी गरी २ सय १० वटा कृष्णसार रहेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

कृष्णसार संरक्षण क्षेत्र घोषणा पश्चात त्यस क्षेत्रमा जैविकविविधताको बृद्धि हुन थालेको पाईन्छ । कृष्णसार क्षेत्रमा १ सय ७ प्रजातीका वनस्पती, ३२ प्रजातीका बृक्ष, ६४ प्रजातीका पंक्षी तथा १४ प्रजातीका स्तनाधारी जनावरहरु पाईने प्रमुख न्यौपानेले वताए । उनले संरक्षण क्षेत्रको दीगो विकासका लागि पंचवर्षिय व्यवस्थापन योजना पारित गरिएको वताए । संरक्षण क्षेत्रको अतिक्रमण नहटे सम्म संरक्षण कार्यले गती लिन नसक्ने हुँदा यथाशिघ्र वस्ती व्यवस्थापन तर्फ ध्यान दिन निकुञ्ज विभागलाई उनले आग्रह समेत गरेका छन् । यो खबर हामीले अन्नपूर्ण पोस्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस्: