वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बर्दियाबाट भारत हुँदै विदेश लैजान खोज्ने दुई जना पक्राउ, ३ किशोरीको उद्धार

        भावुक योगी   |   प्रकाशित मितिः मङ्लबार, फाल्गुन ३, २०७३     ::: 6665 पटक पढिएको   |  

गुलरिया, बर्दिया ।
किशोरीलाई भारत हुँदै खाडी मुलुक बिदेश लैजान लागिएका तिन जना किशोरीलाई बर्दिया प्रहरीले उद्धार गरेको छ । कुवेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ ।
निशुल्क भिसाको वाहानामा भारत हुँदै कुवेत र दुवई लैजान लागिएका ३ जना नेपाली किशोरीलाई बर्दियाको कालिका र जमुनी नाकाबाट उद्धार गरे लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले जनाएको हो । एक जना फरार छन् ।


मानव बेचविखनको अभियोगमा बर्दिया मैनापोखर गाविस ९ की २८ बर्षीय शान्तिकुमारी थारु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका घर भइ हाल मैनापोखर ९ बस्ने डम्मर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
मानव बेचविखनका प्रमुख नाइके जमुनी १ का ४४ बर्षीय दुर्गा बिक भनिने दुर्गाबहादुर सुनार फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरत बहादुर बोहोराले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको कमाण्डमा रहेको टोलीले कालिका र जमुनीबाट गोरखाका ३ जना युवतीलाई उद्धार गरेको हो । गोर्खाका २५ वर्ष मुनीका किशोरीलाई नेपाल भारत सीमा पार गराएर दिल्ली हुँदै बैदेशीक रोजगारमा खाडी मुलुक लैजान लागेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेकाहरुलाई सार्वजनिक गरिँदै

फरार विकले २० देखि २५ वर्ष उमेर समूहका युवतीलाई विभिन्न आश्वासन काठमाडौं हुँदै बर्दिया पुर्याएको र पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बर्दियाको बाँसगढी नगरपालिकाको मामा होटलमा तीन दिन राखिएको युवतीले बताएका छन ।
पक्राउ परेकालाई मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन ०६४ अन्र्तगत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
दुई साता अघि पनि बर्दिया प्रहरीले विभिन्न प्रलोभन देखाई भारत हुँदै खाडी मुलुक लैजान लागिएका ९ जना महिलालाई उद्धार गरेको थियो भने ६ जनालाई पक्राउ गरी कारबाही चलाएकोे बर्दियाका प्रहरी उपरिक्षक भरत बहादुर बाहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्