वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

चौथो दिन: हाईजम्प लगायत विभिन्न खेलहरु सम्पन्न, कबड्डी र भलिबल खेल चल्दै

अन्तर मा.वि. राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता

        भावुक योगी   |   प्रकाशित मितिः शनिबार, माघ २९, २०७३     ::: 839 पटक पढिएको   |  

पदनाहा,बर्दिया ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित अन्तर माध्यामिक विद्यालय राष्ट्रपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको नवौं संस्करण बर्दियाको पदनाहमा रहेको पाञ्चजन्य माध्यामिक विद्यालयमा बुधवारबाट सुरु भएको प्रतियोगीतमा दौड, हाईजम्प, लङ्गजम्प लगायतका विभिन्न खेलहरु सम्पन्न भएका छन् भने कबड्डी र भलिबल खेल चलिरहेको छ ।

सनिवार भएको हाईजम्म फाइलन खेलमा छात्र तर्फ पुर्णहिरा माध्यामिक विधालय लक्ष्मणाका टेकेन्द्र बुढा प्रथम भएका छन भने छात्रा तर्फ सुक्र माध्यामिक विद्यालय तारातालका कमला केशी प्रथम भएकी छिन ।
छात्र तर्फ युवक मावि जोगीगाउँका प्रकाश थारु द्धितिय भए भने छात्रा तर्फ पान्चजन्य माध्यामिक विद्यालय पदनाहाकी दुर्गा थारु द्धितिय भईन ।
यसैगरी छात्र तर्फ पाञ्चजन्य माध्यामिक विद्यालय पदनाहाका महेश थारु र जिवनज्योती मावि बाँसगढी राँझाका प्रकाश गुरतालले तितृय स्थान हासील गरेका छन भने छात्रा तर्फ जनज्योती मावि गुलरीयाका अनिता चौधरीले तितृय स्थान हासील गरेकी प्रतियोगिताका सचिवालय सदस्य छत्र बहादुर शाहीले जानकारी दिनुभयो ।
प्रतियोगीतामा भलिवल, कबड्डी, दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, सटफुट, कराते तेक्वान्दो, उसु खेलमा छात्र र छात्रा गरी झन्डै २ हजार ५ सय खेलाडिको सहभागिता रहने जिल्ला खेलकुद विकास समितीका अध्ययक्ष खगे्रन्द्र खनालले जानकारी दिनुभयो ।

माघ २६ गते उदघाटन भए देखि कबड्डी र भलीबल खेल प्रतियोगिता चलिरहेको बताईएको छ । प्रतियोगीतामा बर्दियाका ७० ओटा सरकारी तथा निजि विद्यालयकोे सहभागीता रहेको छ ।
जिल्ला खेलकुद बिकास समितीको आयोजना तथा पाञ्चजन्य माध्यामिक विद्यालय पदनाहाको सहआयोजनामा शुरु भएको राष्टपती रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्