वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

बर्दियामा नेपाल राइडर्स मिट सम्पन्न [ फोटो फिचर ]

        भावुक योगी   |   प्रकाशित मिति: शनिबार, माघ २९, २०७३ ।    

ठाकुरद्धारा, बर्दिया |
बर्दियाको ठाकुरद्धारामा दुई दिने नेपाल राइडर्स मिट कार्यक्रम सम्पन्न भएको छ ।
प्रर्यटन प्रर्वधन गर्ने उदेश्यले नेपालमै पहिलो पटक बर्दियाको ठाकुरद्धारमा रहेको टाइगर टप्स कर्णाली लजमा कार्यक्रम आयोजना गरीएको फोरे नेपालका अध्यक्ष रबि थापाले जानकारी दिनुभयो ।
नेपाल राईडरस मिट कार्यक्रममा नेपालका विभिन्न क्लव संगै भारत, स्विजरल्याण्ड, जापान लगायत २ सय ३० जना युवाहरुको सहभागिता रहेको फोरे नेपालका अध्यक्ष थापाले बताउनुभयो ।
कार्यक्रममा सबै रोयल ईन्फीलेण्ड मोटसाईलद्धारा स्लोरेस, स्ट्रङ्गमेन, स्कील राईड, टेक्नीकल राईड लगायतका विभिन्न खेल प्रस्तुती प्रर्दशन गरीएको टाइगर टप्स होटलका रामसिँहले बताउनुभयो ।


अन्र्तराष्टिय स्तरको क्लवले पर्यटन प्रर्वधनका लागि यस्ता खाले कार्यक्रम बर्दिया राष्टिय निकुञ्जलाई सम्झेर गर्नु निक्कै राम्रो र महत्वपुर्ण भएको पर्यापर्यटन विकास मञ्च ठाकुरद्धारा बर्दियाका अध्यक्ष मोहन चौधरीले भन्नुभयो ।
कार्यक्रममा युवाहरुको जमघट गरी रमाईलो गर्ने र स्थानिय स्तरको पर्यटन प्रर्वद्धनलाई साथीभाईहरुका माध्ययमबाट प्रचारप्रसार गर्ने उदेश्यले दुई दिनका लागि फोरे नेपालले कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: