वि.सं.   सोमवार, अशोज ९, २०७४   तदनुसार  25 September 2017

उद्योग वाणिज्य संघमा महरालाई स्वागत

        एजेन्सी   |   प्रकाशित मितिः शुक्रबार, माघ २८, २०७३     ::: 375 पटक पढिएको   |  

नेपालगन्ज, बाँके ।
नेपालगन्ज उद्योग वाणिज्य संघले उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरालाई शुक्रबार नेपालगन्जमा स्वागत तथा सम्मान गरेको छ । संघका अध्यक्ष नन्दलाल वैश्यले आर्थिक विकासका सम्भावनाहरुमा अर्थमन्त्री महराको ध्यानाकर्षण समेत गराउनु भएको छ ।
अन्तर्रा्ष्ट्रिय स्तरको बहुउद्देश्यीय सभागृह निर्माणका लागि सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै, अध्यक्ष वैश्यले यसअघि ज्ञापनपत्र बुझाइएको र त्यसका लागि महराले प्रतिबद्धता पनि व्यक्त गरेकाले पुनः स्मरण गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्