वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न

        कमला हमाल   |   प्रकाशित मितिः शुक्रबार, माघ २८, २०७३     ::: 598 पटक पढिएको   |  

कोहलपुर, बाके ।
बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले आज विद्यार्थीहरुलाइ लक्षित गदै एक दिने निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय आखा अस्पताल सुर्खेतको र फतेवाल आखाँ अस्पतालको सहकार्यमा शिविर सञ्चालन गरीएको हो ।

क्याम्पसमा रहेका विद्यार्थीहरुमा आखाँमा हुने समस्यालाइ समाधान गर्न क्याम्पसले आखा शिविर सञ्चालन गरीएको क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बताउनु्भयो । आखा शिविरको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाययका डिन नवराज अधिकारीले निजि क्याम्पस तथा विद्यालयमा विद्यार्थीको स्वास्थ्यलाइ मध्यनजर गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरे पनि सरकारी तवरबाट पनि यस किसीमका कार्यक्र सञ्चालन गर्नु राम्रो भएको बताउनुभयो ।

शिविरमा भिजन टेस्ट, चूमा चाँच, आँखामा लाग्ने रोगको चेकजाँच, तथा निशुल्क औषधी वितरण गरीएको छ । विशविरमा बरिष्ठ आखाँ रोग विशेषज्ञ डाक्टर पेम दिशिक्ष्त , नेत्र साहायक सुजिन मानन्धर र किशोर मगरको सहभागीता रहेको थियो । शिविरमा क्याम्पसका विद्यार्थी, कर्माचारी तथा प्रध्यापक सहित ६ सय जनाको आँखा चेकजाँच गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्: