वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

५ नम्बर प्रदेश सरकारमा ३ मन्त्री थपिए

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, चैत्र ५, २०७४ ।    

बुटवल, रुपन्देही ।
प्रदेश ५ को प्रदेश सरकारमा ३ मन्त्रीले आज सपथ लिएका छन । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषदको बिस्तार गर्दै प्रदेश नम्बर ५ मा ३ जना मन्त्रीहरु थपेका हुन ।
मुख्यमन्त्रीबाट थप गरिएको ३ जना मन्त्रीहरुले आजै एक कार्यक्रमका बिच प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ गराएका छन । मन्त्रीपरिषदमा एमालेबाट दुई मन्त्री र माओबादी केन्द्रबाट १ मन्त्री थएिका हुन । यसरी सपथ लिने नयाँ मन्त्रिहरुमा लीला गिरी, आरती पौडेल र सुदर्शन बराल रहेका छन ।
लिला गिरीलाई उद्योग पर्यटन तथा वाताबरण र आरती पौडेललाई भुमि ब्यवस्था तथा कृषि मन्त्रीको जिम्मेवारी दिईएको छ भने माओबादी केन्द्रका सुदर्शन बराललाई सामाजिक बिकास मन्त्री तोकिएको छ ।
गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बांके क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने बराल गुल्मी १ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
यसअघि फागुन ३ गते मुख्य मन्त्री सहित ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो । शंकर पोखरेलको नेतृत्वको सरकारमा कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । नव नियुक्त मन्त्रीहरुले आजै आफ्नो कार्यभर ग्रहण समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: