वि.सं.   शनिबार, अशोज ४, २०७६   तदनुसार  21 September 2019

फेन्सिङ तर्फ आर्मीलाई ३ स्वर्ण

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, चैत्र २८, २०७५ ।    

खगेन्द्र दाहाल/नेपालगन्ज,बाके।
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन बुधबार आर्मीले ३ स्वर्ण जितेको छ ।
नेपालगन्ज रंगशालाको कभर्डहलमा भएको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा आर्मीकी इन्दिरा पौडेलले स्वर्ण जितिन् । फाइनलमा इन्दिराले एपीएफकी जानुका स्याङ्तानलाई १५–८ ले पराजित गरिन् । एपीएफकाद्वय अनिता कार्की र पूजन कुमालले कांस्यमा चित्त बुझाए ।
महिला व्यक्तिगत साबरमा आर्मीकी कमला श्रेष्ठले फाइनलमा आफ्नै क्लबकी अस्मिता बस्नेतलाई १५–१० ले हराउदै शीर्ष स्थान कब्जा गरिन् ।

प्रदेश ३ की शिक्षा नापित र आर्मीकी रविना थापा तेश्रो भए । पुरुष व्यक्तिगत फोइल स्पर्धामा आर्मीका जलिन्द्रबहादुर शाही विजेता बने । उनले फाइनलमा आर्मीकै राजनराज खड्को चुनौती १५–११ ले पन्छाए । एपीएफका ज्ञानेन्द्र तिम्सिना र शेरबहादुर ऐरी तेश्रो स्थानमा रहे ।
प्रतियोगिताको संघीय सांसद नन्दलाल रोकायाले एक कार्यक्रमबीच शुभारम्भ गरे । प्रतियोगितामा पुरुष र महिलातर्फ व्यक्तिगत र टिममा समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रदेश १, ३, ४ र ७ तथा आर्मी, प्रहरी र एपीएफका जम्मा १ सय २९ खेलाडी सहभागी छ्न ।

प्रतिक्रिया दिनुहोस्:


Loading...