वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

कथा: मुखियाको छोरो

        अनिता खड्का   |   प्रकाशित मितिः बुधबार, माघ २६, २०७३     ::: 708 पटक पढिएको   |  

राजको घरको आगँनमा उनको पाईला पर्ना साथ पाईलाहरु नाच्नका लागी तत्पर भईरहेको आभास हुन्थ्यो उसलाई । लामो कालो कपाल अनि उनको मधुर बोलीले उसको सामिप्यतामा पु¥याउँथ्यो । एकदिन उनी आज मेरो जन्मदिन भन्दै मन्दिरबाट पुजाको थालीमा चक्लेटहरु राखी बाड्दै गर्दा यस्तो लाग्दै थियो उनी चक्लेटको भारी वर्षा गराउदै छिन् गाउँ भरी ।
हरेक पुजा, व्रर्तबन्ध अनि विवाहमा नलिना कै नाम आउथ्यो नाच्न र गित गाउनमा अब्बल थिईन् उनी । गाँउमा हुने हरेक समारोहमा उनको खोजी हुन्थ्यो । मज्जाले नाच्थीन् र अरुलाई पनि नचाउथीन् आफु संगै । सानैमा बुबाआमालाई पहिरोले लगेपछि उनी मात्रै बाचेकी थिइन् । बुबा आमाको अनुहार कस्तो थियो सम्म पनि अनुमान लगाउन नसक्ने उनलाई फुफूले ल्याएर पालेकी हुन् । राजको घर भन्दा २ घर पलतिर थियो उनी बस्ने घर, सा¥है चंचले उनी कहिले काँही ओछ्यानबाट उठन् नसक्ने गरि बिरामी पर्दा सारा गाउ नै सुनसान हुन्थ्यो । फुपूको दाँया हात थिईन् उनी, एकदिन बिरामी पर्दा घरमा सबै काम नै ठप्प हुन्थ्यो । सानी भैंसीको पेटमा चारो नै पर्दैन्थ्यो अनि दुध कम भएर चिया पसलमा साहुँको गाली खानुप¥थ्यो उनकी फुपूलाई ।
जेनतेन गरेर फुपूले स्कुल पढाईरहेकी थिईन ,उनी कक्षा ९ मा पढ्दै थिइन् । घरको काम सकेर आधा घण्टा उकालो चढेर भन्ज्याङ्गमा रहेको स्कुल पुग्नु प¥थ्यो उनलाई । कक्षामा सधै प्रथम हुन्थीन अनि नाच्नमा त झनै अघाडि, सबैको मनमा बस्न सफल भएकी थिइन् । खै कति बेला उनी राजको मनमा बसिछन् पत्तै भएन । काठमान्डौंबाट कलेज बिदामा घरमा आएको बेला उनी संग घाँस काट्न भिरहरुमा पुग्थ्यो उ पनी । सबै भन्दा पहिला नै डोको भर्थीन् अनि भिरको एक छेउमा बसि गित सुसेल्न थाल्थीन् । रमाइलो लाग्थ्यो उसलाई नलिनासंगका घांस काट्दाका ति दिनहरु । मुखियाको छोरो भएर पनि घाँस काट्ने भन्दै खितका छाडेर हास्थीन् उनी । मुखियाको छोरोले घाँस काट्न हुदैन भनेर कहाँ लेखेको छ ? भन्दै राज पनि उनको हाँसोमा हाँसो थपि दिन्थे ।

अब बिदामा पनि घरमा आउनु पर्दैन तलाई भेट्न हामी काठमान्डौं नै आउछौ । उसको बोली नै रोकियो एक्कासी सफा आकाश माथी कालो बादल मडारिएर आयो केहि नबोली फोन राख्यो उसले । 

राज दाई भन्दै एकछिन फुर्सद हुना साथ गणित सिकाइदिनुहोस न भन्दै पुग्थिन् । उ अचम्ममा प¥थ्यो उनको काम अनि पढाई देखेर । गाउमा मुखियाको घर भनेर राम्रै पहिचान थियो राजको । उसको घरमा खेतबारीको काम गर्न गाउभरि कै आउथे । नलिनाकी फुपू पनि राजको खेतबारीमा काम गर्थीन कहिले काही फुपू संग उनी पनि जाने गर्थीन् । कोदो र धान रोप्दा सबैको थकाई नै मेटाउने गरि हसाउथीन् अनि हास्थीन् पनि । मन मनै उनलाई प्रेम गर्न थालेको थियो उसले तर डर थियो घरपरिवारले प्रेमको विजलाई मौलाउन नपाई औईल्याईदिने पो हुन कि भन्ने ।
राज नलिनालाई एकतर्फी पत्रहरु लेख्थे अनि पढ्थे खुब आनन्द आउथ्यो उसलाई उनीसंगको काल्पनिक प्रेममा रमाउन । तर पत्र उनको हातमा थमाउने आंँट भने कहिले गर्न सकेनन् राजले । काठमान्डौमा कलेज पढ्दै थिए राज एकदिन आमाको फोन आयो । अलि कडा स्वरमा के गरेको बाबु तैले त्यो नलिने लाई पो आखाँ लगाएछस् । यहां हामी भन्ने पढे लेखेकी सम्पन्न परिवारकी छोरीलाई बुहारी बनाउने सपना देखेका छौ त भने आफनो स्तर भन्दा तलकि अरुको घरमा बस्नेलाई मन पराएछस् । अब बिदामा पनि घरमा आउनु पर्दैन तलाई भेट्न हामी काठमान्डौं नै आउछौ । उसको बोली नै रोकियो एक्कासी सफा आकाश माथी कालो बादल मडारिएर आयो केहि नबोली फोन राख्यो उसले । थाहा भइसकेको थियो आमाले नलिनालाई लेखेका एकतर्फी पत्रहरु भेटाउनु भयो जुन पत्रहरु उसले आफनो दराजको कुनामा लुकाएर राखेको थियो ।

एकपटक उनको तस्वीरसंग बोल्न मन लागेछ । उसले तस्वीर नियालेपछि मनमनै भन्यो कती मासुम छे ऊ । एउटा धनि र गरिब बिचको खाडल, अनि बाबु आमा नभएर अरुको घरमा बस्नु के उसको दोष हो ? आमाले गर्नु भएका सवालहरुमा आफुलाई प्रतिद्घन्दी बनाउदै थियो ऊ । घरमा जान प्रतिबन्ध लगाएपछि उ बिदामा पनि घर गएन । मन भने उसको गाउकै उहि चंचल नलिनामा थियो ।
घरबाट ब्रतबन्धको कार्यक्रम राखियो उ एकदमै खुशी थियो नलिना लाई भेट्न पाउने आशामा । ब्रतबन्ध हुदै थियो उसका नयनहरु केवल उनको प्रतिक्षामा थियो कति बेला उनी आउछिन् अनि आगनिमा नाच्दै अरुलाई पनि नचाउछिन् । तर उनलाई कतै देखिएन साझ परिसकेको थियोे । कतै बुवाआमाले नै नआउनु त भनेन भन्ने शका उब्जिन थाल्यो राजको मनमा । उनको फुपूलाई उसले सोध्यो नलिना कहांछिन भनेर उनले निन्याउरो अनुहारमा भनिन मुम्बई गाकीछे नाच मास्टर बन्न तर अहिले सम्म केहि खबर छैन । कता कता मन च्वास दुखे जस्तो भयो, रातभर निन्द्रा परेन । राजले भोली पल्ट खोजी गरें कसरी गई ऊ मुम्बई । उसको छिमेकी रामे दाईको घरमा आएकी उनकै टाढा कै नाता पर्ने दिदिले उनलाई नाच मास्टर बनाई दिने भन्दै पु¥याइछन मुम्बई । ति दिदिको मोबाइल नम्बर माग्यो तर स्वीच अफ थियो । ऊ रित्तो मन लिएर काठमान्डौ फर्कियो तर मन भने नलिनाको हाल खबरको खोजी मै बिचलित थियो ।
एकदिन उसको मोवाईलमा फोन आयो राज दाई भन्दै केही कुरै नगरि उनि रुन थालीन् उनिसंगै उसको मन पनि रोएको थियो । उनि भन्दै थिइन राज दाई म र्बबाद भए मलाई रामे दाईकी दिदिले यहां ल्याएर मेरो शरीरको मोल गरिदिइन । तर म अहिले त्यहाबाट भागीसकेकी छु म अब के गरु दाई अनि मेरो फुपूलाई कस्तो छ ? उनि राज संग बिलौना गर्दै आफनो मनको भारी बिसाउदै थिइन् । उनलाई केहिदिनमा लिन आउछु भन्ने बाचा ग¥यो राजले अनि काठमाडौ देखि मुम्वईको यात्रा तय ग¥यो । उनलाई भेटी आफुसंगै घर र्फकनका लागी ट्रेनको टिकट काट्यो उसले तर नलिना घर फर्कन मानिनन् । उनि आफुलाई कमजोर र बर्बाद भएको भन्दै गाउँमा गएर कसरी बसु दाई भन्दै फेरी राजसंग बिलौना गर्न थालिन । राज बुझथ्यो उनको त्यो पिडा तर उनलाई कमजोर भएको उसले देख्न सकेन अनि उनलाई सम्झाउन थाल्यो । बल्ल तल्ल नलिना राजसंग गाउ फक्रिन राजी भईन । केहि दिनपछि राज नलिनालाई गाउमा उनको फुपुकोमा पु¥याइ काठमान्डौ फक्रियो सधैझै आफनो भविष्य बनाउन । तर गाउँमा उनलाई नराम्रो नजरले हेर्दै कुरा गर्नेको कमि थिएन । उनि आफुलाई एक्लो भएको महशुस गर्थीन तर पनि फुपुले उनलाई ढाढ्स दिन्थीन र राज पनि फोन गरेर उनलाई जिवन संग लड्न सिकाउथ्यो । कहिले काहि मनै दुख्ने गरि उनि माथी गाउलेका तिखा बचन पर्दा फोन गर्थीन राजलाई अनि भन्ने गर्थीन म गाउँमा बस्न सक्दिन दाई तर राज उनलाई फोन गरेर सम्झाउथे तिमी ठुलो मान्छे बन्नु पर्छ अरुको कुरामा आफुलाई कमजोर बनाउने हैन लड्न सिक्नुपर्छ । राजले सम्झाउदा उनमा शक्ति थपिन्थ्यो समाज संग लड्ने । उनले समाजका कुरा काट्ने जमातलाई चुनौती दिदै आफनो भविष्यका निम्ति स्कुल गएर पढ्न सुरु गरिसकेकी थिईन् । काम गर्दै र समाज सँग लड्दै उनले आफ्नो अध्ययन पूरा गरीन् । ती दिनमा उनले अध्ययनको लागि धेरै संघर्ष गरीन् र सफल पनि हुदै गईन् ।
धेरै समय पछि उनको फोन आयो राज दाई मैले शिक्षक सेवा आयोग पास गरे नि कुनै बेला तपाईसंग गणित सिक्थे आज अरुलाई सिकाउदै छु ।

प्रतिक्रिया दिनुहोस्