वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

विभिन्न माग राख्दै जिविसमा गाबिस सचिवहरुको धर्ना

        भगतराम थारु   |   प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३     ::: 500 पटक पढिएको   |  

नेपालगन्ज ।
बिभिन्न ५ बुँदे माग राख्दै सोमबार बाँकेका गाबिस सचिवहरुले जिल्ला बिकास समिति बाँकेमा धर्ना दिएका छन ।
गाबिस सचिब हकहित संरक्षण केन्द्र नेपालको संयोजनको बाँकेका गाबिस सचिवहरु आन्दोलित भएका हुन । सरकाले बिगतमा दिँदै आएको प्रोत्साहान भत्ता निरन्तरता गर्नुपर्ने, प्रदेश सेवामा खटाउँदा एक तह बढुवा बढाउनुपर्ने, गाबिस सचिवलाई सरुवा भइ अन्यत्र जानलाई लगाईएको प्रतिबन्धको फुकुवा हुनुपर्ने लगाएतका माग राखी आन्दोलन गरिएको गाविस सचिवहरुले बताएका छन् ।
गत १९ गते देखी आन्दोलनमा शुरु गरेका सचिवहरु आफ्ना मागहरु पुरा नहुन्जेल सम्म आफ्नो आन्दोलन नरोकिने गाबिस सचिव हकहित संरक्षण केन्द्र बाँकेका अध्यक्ष उत्तम सिंह सोडीले बताए । लामो समयदेखि गाबिस सचिवहरु जिबिसमा आएर आन्दोलनमा उत्रिएपछि सेवाग्राहीहरु प्रभावित भएका छन । जसका कारण नागरिकताको सिफारिस, विवाह दर्ता, जन्मदर्ता लगाएतका कामकाज रोकिएका छन् ।
सरकारले आफ्ना मागहरुलाइ हाल सम्म पनि सम्वोधन नगरेको र यसै गरि वेवास्ता गर्दै गएमा आन्दोलनलाई अँझ शसक्त रुपमा अघि लैजाने हकहित संरक्षण केन्द्र बाँकेका सदस्य कृष्ण बहादुर रोकायाले जनाए ।

प्रतिक्रिया दिनुहोस्: